खोज रिपोर्ट

वातावरणीय दोहनको एक दशक

गिट्टी बालुवाको निर्यातमा लगाएको प्रतिबन्ध सात बर्ष पछि अहिले फुकुवा गर्ने सरकारको पछिल्लो निर्णय वातावरणीय संरक्षणका लागि अर्को प्रहारको रूपमा आएको विज्ञहरू बताउँछन् ।

भृकुटी राई | खोज पत्रकारिता केन्द्र

चुरे संरक्षणको सबै काम अन्यौलमा

भृकुटी राई | खोज पत्रकारिता केन्द्र

स्टीलका घर : भूकम्पपछि बनिरहेका नयाँ धराप

कंक्रिटका आरसीसी भवनभन्दा बलियो हुने र छिटोछरितो पनि बन्ने भन्दै २०७२ को भूकम्पपछि आवासीय भवनदेखि धेरैतिर स्टीलका भवन बनाउन थालियो । मापदण्ड पालना नगरी जथाभावी निर्माण भइरहेका ती भवन नयाँ धराप बनिरहेका छन्, कसरी ?

रुद्र पंगेनी | खोज पत्रकारिता केन्द्र

नदीजन्य उत्खनन : सरकारका लागि पैसा, मूल्य भने वातावरणले चुकाउँदै

ढुङ्गा र गिट्टीका लागि नदीजन्य पदार्थको उत्खनन् गर्ने उद्योगहरू स्थानीय सरकारहरूको लागि राजस्वको मुख्य स्रोत भएका  छ्न् , तर  यसको मूल्य भने वातावरणले चुकाउदै आएको छ। भृकुटी राई, खोज पत्रकारिता केन्द्र सिन्धुपाल्चोकमा इन्द्रावती नदी आसपासका गाउँबस्तीका प्रायः स्थानीयवासीहरू जस्तै कमलरत्न दनुवार पनि नदीकै गुणगानले भरिएको गाथा सुन्दै हुर्किए । हिउँ पग्लेर बाह्रैमास बग्ने इन्द्रावती नदीले […]

समिति बने, बैठक बसेन

सिरहाका स्थानीय तहमा कानून अनुसार विभिन्न विषयगत समिति बने तर, सबै जसोको एउटा पनि बैठक बस्न सकेन ।

सुरेन्द्रकुमार कामति | खोज पत्रकारिता केन्द्र

विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश

स्थानीय तहले विद्यार्थी संख्या बढाएर दिएको नक्कली सिफारिशका आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले विद्यालय भवन बनाउन बजेट दिने गरेको छ ।

आस गुरुङ | खोज पत्रकारिता केन्द्र 

रोकिएन चुरे दोहनः गिटी–बालुवा भन्दा सस्तो जीवन !

एक वर्ष अगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन ।

भृकुटी राई | खोज पत्रकारिता केन्द्र

एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा ।

रुद्र पंगेनी, दीपक अधिकारी  | खोज पत्रकारिता केन्द्र  र डायर्मिड ओ सलिभन, फाइनान्स अन्कभर्ड

उपेन्द्रको जीवनमा एनसेल

व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ ।

दीपक अधिकारी र रुद्र पंगेनी | खोज पत्रकारिता केन्द्र

घाइते र अपाङ्ग माओवादी लडाकू भन्छन्ः ‘हामीलाई अहिले आफ्नै सपनाले तर्साउँछ’

कुनै बेला आफू संलग्न माओवादी जनयुद्ध अहिले कस्तो लाग्छ ? घाइते र अपाङ्ग माओवादी लडाकूहरू भन्छन्, “नेताहरूले सपना देखाए, हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।”

दुर्गालाल केसी, खोज पत्रकारिता केन्द्र

स्थानीय सरकारमा मुस्लिम महिला: चूपचाप भइरहेको एउटा परिवर्तन

भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्‍याउने’ आशलाग्दो काम गरिरहेका छन् ।

प्रेम विश्वकर्मा, खोज पत्रकारिता केन्द्र       

फिनसेन फाइल्स फलोअपः तस्करीको सुन खरीदबिक्री गर्ने दुबईका कम्पनीबाट नेपाल भित्रियो सुन, नेपालका बैंकमार्फत शंकास्पद कारोबार

चोरी, तस्करी, द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन कारोबार गर्ने दुबईका दुई कम्पनीमार्फत नेपालमा सुनको कारोबार हुन्छ । यो शंकास्पद कारोबारमा नेपाली बैंकहरूको पनि संलग्नता देखिन्छ ।

 

कृष्ण आचार्य, रामु सापकोटा नवराज मैनाली: खोज पत्रकारिता केन्द्र

फिनसेन फाइल्स फलोअपः मौलायो ‘भर्चुअल’ हुण्डी

विदेशबाट ‘डलर कार्ड’ भित्र्याएर नेपाल बसी–बसी विदेशी वस्तु वा सेवा खरीद गर्ने काम अहिले व्यापक छ । करको दायरामा नआउने यो ‘भर्चुअल हुण्डी’ ले अवैध र आपराधिक कामलाई बढावा दिइरहेको छ भने डिजिटल उद्यम गर्नेलाई सास्ती ।

कृष्ण आचार्य रामु सापकोटा: खोज पत्रकारिता केन्द्र

फिनसेन फाइल्स फलोअपः रौनियारको शंकास्पद काममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको साथ

सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्जका प्रकाशकुमार रौनियार पर्छन् । उनले गरेका फर्जी कामलाई समेत स्ट्याण्डर्ड चार्टर्ड बैंकले साथ दिएको देखिन्छ ।

कृष्ण आचार्य रामु सापकोटा: खोज पत्रकारिता केन्द्र

अव्यवस्थित सडक सञ्जालः कोही विकासको लाभ पाउने कोही उल्टो गुमाउने

मुलुकमा संघ, प्रदेश र स्थानीय सरकारले विकास भनेकै सडक निर्माण हो भन्ने ठानेर जथाभावी खनेका सडक पहुँचहीन सर्वसाधारणका लागि भने विनाश र विपत्तिको कारक भइरहेका छन् ।

भृकुटी राई: खोज पत्रकारिता केन्द्र

दुई वर्ष पछिको अप्रेसन मिति पर्खिंदै

राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँच भन्दा बाहिर छ । अहिले पनि झण्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्ष पछिको अप्रेसन मिति कुरेर बसेका छन् ।  

शिवहरि घिमिरे: खोज पत्रकारिता केन्द्र

विभेदमै उठेका दलित अगुवाको खुलासा: ‘गाउँमा छोइछिटो हुन्छ, शहरले पाइला–पाइलामा सताउँछ’

शिक्षा र चेतनाको कमीले दूरदराजमा कथित दलित समुदायमाथि अहिले पनि जातीय हिंसा अचाक्ली छ । तर, तुलनात्मक रूपमा पढेलेखेका र चेतनशीलहरू बस्ने भनिएका शहरमा समेत शिक्षित र अगुवा दलितले समेत कहालिलाग्दो जातीय हिंसा खेपिरहेका छन् । 

नुनुता राई: खोज पत्रकारिता केन्द्र

‘फिनसेन फाइल्स’ को नेपाल नाता

नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार

कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले: खोज पत्रकारिता केन्द्र

फिनसेन फाइल्सको विश्वव्यापी खुलासा 

२१ खर्ब डलरको शंकास्पद कारोबार, एशियादेखि अमेरिका र अफ्रिकादेखि युरोपसम्म कालोधनको ओसारपसार

इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)

प्रहरी संगठनमा बालुवाटारको कर्के नजर

कोरोना महामारी विरुद्ध लड्न बजेट दिंदा होस् वा संगठन संरचनाभित्र दरबन्दी सिर्जना गर्दा सरकार अहिले नेपाल प्रहरीलाई कस्नुपर्छ भन्ने मनोविज्ञानमा देखिन्छ । प्रहरी संगठनमा बालुवाटारको कर्के नजरको कारक र कारण ।

रामेश्वर बोहरा:  खोज पत्रकारिता केन्द्र