चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको परिवार यसको जवाफ खोज्ने ‘केसस्टडी’ हो।
तुफान न्यौपाने | खाेज पत्रकारिता केन्द्र
चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको परिवार यसको जवाफ खोज्ने ‘केसस्टडी’ हो।
तुफान न्यौपाने | खाेज पत्रकारिता केन्द्र
चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको छैन काठमाडौंको फोहोर समस्या ? फोहोरका नाममा भइरहेको ‘राजनीति’ र त्यसकै आडमा मौलाएको अर्बौं कमाइको चिरफार :
बीपी अनमोल | खाेज पत्रकारिता केन्द्र
स्थानीय सरकारहरूले नै खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम बढेको छ।
सीमा तामाङ | खाेज पत्रकारिता केन्द्र
प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी मधेशी र दलित समुदायका युवाको ज्यान लिइरहेको छ।
रोहेज खतिवडा | खाेज पत्रकारिता केन्द्र
सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी गर्नै डराउनुपर्ने अवस्था निम्तिएको छ। अर्कोतर्फ ‘बलात्कारमा बार्गेनिङ’ गर्ने नयाँ प्रवृत्ति विकसित भएको छ, जसले पीडितको न्याय प्राप्तिको लडाइँलाई थप कठिन बनाएको छ।
दुर्गालाल केसी | खाेज पत्रकारिता केन्द्र
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
रिता लम्साल | खाेज पत्रकारिता केन्द्र
४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका आरक्ष पीडितको कथाः
उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र
कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का लिएर व्यवसायमा हात हालेका पूर्व नायव सुब्बा भीमकान्त भण्डारी कसरी पाँच वर्षमै अर्बौंका मालिक हुनपुगे ? शक्तिकेन्द्रसँगको साँठगाँठबाट उनले गरेको अस्वाभाविक व्यवसाय विस्तारबारे खोज रिपोर्ट।
रामु सापकोटा | खाेज पत्रकारिता केन्द्र
चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्।
प्रतिमा सिलवाल | खाेज पत्रकारिता केन्द्र
निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र सुरक्षा संयन्त्रबाट प्राप्त हुन्छ। निष्पक्ष निर्वाचनको मर्ममै प्रहार हुने गरी पार्टीहरूले गरिरहेको गुप्तचर संयन्त्रको दुरुपयोगको चिरफार :
रामेश्वर बोहरा | खाेज पत्रकारिता केन्द्र
जुम्लाको बाघजालेको लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिंदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ। तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन।
मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र
राजनीतिक दल र दल निकट संस्थाले सयौं रोपनी सरकारी जग्गा कब्जा गरेका छन्। शक्तिको आडमा जग्गा हत्याएका पहुँचवालालाई बेदखल गर्न भूमि प्रशासनले आँट गरेको छैन।
रमेश कुमार | खाेज पत्रकारिता केन्द्र
धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने तयारीमा छ।
गोपाल दाहाल | खाेज पत्रकारिता केन्द्र
बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ ।
कमला गुरुङ | खाेज पत्रकारिता केन्द्र
छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा उन्मूलन गर्ने नाममा भइरहेको अथाह लगानी र बनाइएका रणनीतिको परिणाम झन् उदेकलाग्दो छ।
वसन्तप्रताप सिंह (बझाङ), विद्या राई (काठमाडौं) | खाेज पत्रकारिता केन्द्र
आन्दोलन र परिवर्तनको अगुवाइ गर्ने पार्टीहरूले नयाँ राजनीतिक भाष्य जन्माउँछन्– आम मान्यता यही हो। तर, यस पटकको स्थानीय निर्वाचनले त्यसमा क्रमभंग गर्दै मतदाता मार्फत ‘उम्मेदवार नै निर्णायक’ को भाष्य विकास गरेको छ, जसलाई आउँदो आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूकै निम्ति अकल्पनीय संकट बन्न सक्छ, कसरी ?
रामेश्वर बोहरा, | खाेज पत्रकारिता केन्द्र
सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।
रामु सापकोटा | खाेज पत्रकारिता केन्द्र
संगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रीस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो छ।
जनकराज सापकोटा | खाेज पत्रकारिता केन्द्र
मानिस र बस्तुभाउमाथि बाघको आक्रमण बढेसँगै बाँके र बर्दियाका वन नजिक बस्ने समुदायले पशुपालन गर्न छोडेका छन्। आय आर्जनको अर्को विकल्प नहुँदा उनीहरूको आजीविकामै संकट निम्तिएको छ।
मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र
७४ हजारले रोजगारी पाउने आश देखाइएको औद्योगिक ग्राम स्थापनाको प्रगति निकै सुस्त छ। ग्राम उद्योगहरूलाई तीनै तहका सरकारले उच्च प्राथमिकतामा नराख्दा राज्यको ठूलो लगानी खेर जाने जोखिम छ।
लक्ष्मी सापकोटा | खाेज पत्रकारिता केन्द्र