स्थानीय सरकार निगरानी

महानगरमा मनपरी औषधि–उपचार खर्च

काठमाडौं महानगरपालिकाले गएको दुई आर्थिक वर्षमा जनप्रतिनिधि, कर्मचारी र पहुँचवालालाई उपचार खर्चका नाममा रु.६८ लाख वितरण गरेको छ ।

हिमाल लम्साल: खोज पत्रकारिता केन्द्र

महिला वडाध्यक्षलाई ‘कम आँक्ने’ संस्कार

देशभरिका कुल ५३ महिला वडाध्यक्षले सोही पदका पुरुष भन्दा धेरै र बेग्लै खाले झमेला झेल्नु परिरहेको छ । एक वडाध्यक्ष भन्छिन्, “हामीले बजेट माग्दा गनगन गरेको ठानिन्छ भने पुरुष वडाध्यक्षको यही मागलाई हक मानिन्छ । विभेद यहीं छ ।”

पर्वत पोर्तेल: खोज पत्रकारिता केन्द्र

स्थानीय सरकार : एक वर्षमा ६ हजार उजुरी 

अख्तियारमा एकै आर्थिक वर्षमा स्थानीय तहका अनियमितता सम्बन्धी ६ हजार उजुरी परेका छन् । आधा कार्यकाल मात्रै पूरा गरेका स्थानीय सरकारहरू अनियमितताको दलदलमा फस्दै गएको संकेत हो, यो ।

रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्र

सार्वजनिक जग्गा जोगाउँदै पार्क बनाउँदै

काठमाडौं महानगरपालिकाका तीन जनप्रतिनिधिको प्रयत्नले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर धमाधम पार्क बनाउने काम भइरहेको छ ।

हिमाल लम्साल : खोज पत्रकारिता केन्द्र

स्थानीय तहमा कागजी अनुगमन

योजना तथा कार्यक्रम अनुगमन गर्ने जिम्मेवारी पाए पनि साढे दुईवर्षे कार्यकालमा धेरै उपप्रमुखले यो अधिकार उपयोग गर्न पाएका छैनन् । जसले गर्दा नाम मात्रका अनुगमन प्रतिवेदन बन्ने क्रम मौलाएको छ ।

लक्ष्मी बस्नेत: खोज पत्रकारिता केन्द्र

सुर्खेत र अछामका स्थानीय सरकार : नक्कली ‘भिलेज प्रोफाइल’ मा डेढ करोड खर्च

सुर्खेत र अछामका स्थानीय सरकारहरूले नक्कली र त्रुटिपूर्ण भिलेज प्रोफाइल (वस्तुगत विवरण) मा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेका छन् । नक्कली विवरण उत्पादन र प्रयोग गर्न कसैलाई असजिलो लागेको छैन ।

लक्ष्मी भण्डारी: खोज पत्रकारिता केन्द्र

प्रदेश सरकारको भ्रमण वर्ष : पर्यटकका लागि पूर्वाधार छैन, भ्रमण वर्षका नाममा रु.५ करोड खर्च

गण्डकी प्रदेश र प्रदेश–५ ले पर्यटन भ्रमण वर्षका नाममा चालु आर्थिक वर्षमा रु.५ करोड भन्दा बढी रकम झिनामसिना काममा खर्च गर्दैछन् । पर्यटक तान्न पूर्वाधार नै तयार नगरी हतार गरेर गरिएको भ्रमण वर्षको कार्यक्रम प्रचारमै सीमित भएको छ ।

मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्र

स्थानीय तह : कर उठाउने, दाखिला नगर्ने

स्थानीय तहहरूले आफूले संकलन गरेको राजस्व कानूनले तोकेको म्यादमा बैंकमा दाखिला नगरी आफूखुशी खर्च गरिरहेका छन् ।

भरत पाण्डेय: खोज पत्रकारिता केन्द्र

बालबालिकाको ओसारपसार : थाहै पाउँदैनन् स्थानीय सरकार

दूरदराजका गाउँबाट बालबालिकाको अवैध ओसारपसार भइरहेको छ तर, स्थानीय जनप्रतिनिधि बेखबर छन् । जबकि कानूनले बालबालिका जोगाउने दायित्व जनप्रतिनिधिलाई दिएको छ ।

जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र

प्रमुख प्रशासकीय अधिकृतहरूको मनपरी : विद्युतीय हाजिरी बिगारेर नगएको दिनको हाजिरी

राजधानी घर भएका स्थानीय तहका पाँच जना प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गरिरहेका छन् । विद्युतीय हाजिरी बिगारेर मनमौजी गर्ने पाँच स्थानीय तहका प्रमुखको कर्तुत ।

शिवहरि घिमिरे: खोज पत्रकारिता केन्द्र

स्थानीय सरकार : मनपरी खरीद, भद्रगोलै भद्रगोल

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले भन्यो– स्थानीय तहमा प्रचलित कानूनी व्यवस्था र प्रतिस्पर्धा छलेर मनपरी खरीद गर्ने प्रवृत्ति बढ्यो ।

हिमाल लम्साल: खोज पत्रकारिता केन्द्र

स्थानीय तहमा अझै २० हजार कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती

जनप्रतिनिधि आएको अढाइ वर्ष भइसक्यो तर, स्थानीय तहमा अझै २० हजार ९४ कर्मचारी अपुग छन् । कर्मचारी अभावले स्थानीय तहलाई सेवा दिनै हम्मे परिरहेको छ । ६ स्थानीय तहको वृत्तान्त ।

विद्या राई: खोज पत्रकारिता केन्द्र

प्रदेश–२ः कहालीलाग्दो महिला हिंसा

प्रदेश–२ का आठ जिल्लामा पछिल्लो तीन वर्षमा महिलामाथि घर–परिवार भित्र र बाहिर हुने हिंसा अचाक्ली बढेको छ । संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि महिला सुरक्षित हुनसकेका छैनन् ।

अजय अनुरागी: खोज पत्रकारिता केन्द्र

प्रदेश २ र सुदुरपश्चिम प्रदेशः मठ–मन्दिरमा मात्रै २ अर्ब

स्थानीय तहका योजना पुस्तिका र सम्बन्धित मन्त्रालयको अभिलेख हेर्दा गएको आर्थिक वर्षमा मात्रै प्रदेश–२ र सुदुरपश्चिम प्रदेशले मठ–मन्दिर निर्माण र मर्मत शीर्षकमा २ अर्ब रुपैया सिध्याएका छन् ।

सुरेन्द्र कामती सिराह, बसन्तप्रताप सिंह बझाङ्ग र लोकेश साउद बैतडी   : खोज पत्रकारिता केन्द्र

न्यायिक समितिको निर्णय धमाधम उल्टिंदै

स्थानीय तहमा विवाद निरुपणका लागि गठन गरिएका न्यायिक समितिहरूले गरेका निर्णयहरू अदालतमा गएर उल्टिन थालेका छन् ।  

देवेन्द्र बस्नेत : खोज पत्रकारिता केन्द्र

देखाउने उपभोक्ता समिति, काम ठेकेदारलाई

कैलालीको लम्कीचुहा नगरपालिकाले नाममात्रका उपभोक्ता समिति गठन गरेर एउटै ठेकेदारलाई धेरै वटा आयोजना ठेक्का लगाउने अनि कामै नसकी भुक्तानी दिने काम गरेको भेटियो ।

वसन्तप्रताप सिंह/जनक बिष्ट: खोज पत्रकारिता केन्द्र

बारबर्दिया नगरपालिका: देखियो शिक्षामा सुधार

बर्दियाको बारबर्दिया नगरपालिकाले सार्वजनिक शिक्षामा देख्न सकिने सुधार गरेको छ । कुल बजेटको २३ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरेर सार्वजनिक शिक्षा सुधार अभियान चलाएपछि अहिले नगरपालिका भित्रका कोही पनि बालबालिका विद्यालय बाहिर छैनन् ।

कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्र

अवैध उत्खनन्ले बस्ती नै जोखिममा

स्थानीय जनप्रतिनिधि ढुुङ्गा, गिट्टी, बालुवा उत्खनन् र बिक्री वितरणमा सक्रिय छन् । दक्षिण ललितपुरका स्थानीय तहमा मौलाएको अवैध र विनाशकारी प्रकृति दोहनले निम्त्याएको सङ्कटको खुलासा ।

शिवहरि घिमिरे र रामहरि कार्की: खोज पत्रकारिता केन्द्र

स्थानीय न्यायिक समिति: झुलाउने, थकाउने अनि अदालत पठाउने

स्थानीय तहका न्यायिक समितिहरूले आधा उजुरी पनि सुनुवाइ गर्न सकिरहेका छैनन् । उपत्यका आसपासका पाँच नगरपालिकाहरू बूढानीलकण्ठ, महालक्ष्मी, टोखा, धुलिखेल र सूर्यविनायकको तथ्याङ्कले भन्छ– शुरुआतमै प्रभावहीन बन्दै गएकोले समितिप्रति सेवाग्राहीको विश्वास घट्दो छ ।

इन्दिरा अर्याल: खोज पत्रकारिता केन्द्र

राज्यकोषमाथि अत्याचार: तीन वर्षमा २१ अर्बको गाडी मात्रै किनियो

कानूनको धज्जी उडाउँदै उच्च सरकारी पदाधिकारी र कर्मचारी सवारी साधन चढ्न थालेपछि गरीब देशको ठूलो सरकारी धन गाडी किन्नमा सकिंदैछ । पछिल्लो वर्ष त विनियोजित भन्दा चारगुणा बढी रकम रकमान्तर गरेर समेत गाडी किनेको भेटियो ।

रमेश कुमार: खोज पत्रकारिता केन्द्र