स्थानीय सरकार निगरानी

स्थानीय सरकारको सत्प्रयास: धनकुटामा एभोकाडो क्रान्ति

गोपाल दाहाल, खोज पत्रकारिता केन्द्र

चुनावी बाचामाथि निगरानी : घोषणापत्र बिर्सिए जनप्रतिनिधिले

बाजुराका जनप्रतिनिधिले मतदातासँग गरेका प्रतिबद्धतालाई यतिविघ्न उपेक्षा गरेका छन् कि– अहिले उनीहरूमध्ये धेरैलाई चुनावी घोषणापत्रको सम्झना पनि छैन ।

निमेन्द्र शाही, खोज पत्रकारिता केन्द्र

दलितका लागि असुरक्षित प्रदेश–२: तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत

प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् । यति धेरै जातीय हिंसामा पनि संघ, प्रदेश र स्थानीय सरकार भने परम्परागत भूमिकामा सीमित छन् ।

अजय अनुरागी, खोज पत्रकारिता केन्द्र

स्मार्ट कृषि गाउँ कार्यक्रममा नक्कली बिलको चाङ 

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम’ मा कामैपिच्छे नक्कली बिलको चाङ भेटिन्छ । स्थानीय पदाधिकारी हाकाहाकी भन्छन्, “सामाजिक काम गर्दा व्यावहारिक पक्ष हेरेर बिल बनाउनुपर्ने बाध्यता हुँदोरहेछ ।”

देवेन्द्र बस्नेत, खोज पत्रकारिता केन्द्र

रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

पछिल्लो तीन वर्षमा रोल्पामा आधारभूत स्वास्थ्य सेवा नपाएर ८४ नवजात र तीन आमाले ज्यान गुमाए । तर यहाँका स्थानीय सरकारहरूको ध्यान मन्दिर र चर्च बनाउनमा छ । पछिल्ला तीन आर्थिक वर्षमा रोल्पामा ८७ मन्दिर र १४ चर्चमा रु.२ करोड ६४ लाख खर्च गरिएको छ ।

महेश न्यौपाने, खोज पत्रकारिता केन्द्र

लोपोन्मुख जाति: स्थानीय सरकारबाट पनि उपेक्षित

अल्पसंख्यक जातिको उत्थान र विकासको समेत जिम्मेवारी पाएका स्थानीय सरकारहरू यसबारे करीब करीब बेखबर जस्तै छन् । झापामा रहेको लोपोन्मुख सन्थाल जातिको उत्थानमा त्यहाँका स्थानीय निकायको उपेक्षा यसको एउटा ‘केस स्टडी’ हुनसक्छ ।

अर्जुन राजवंशी: खोज पत्रकारिता केन्द्र

पोखरी र पानीमा स्थानीय सरकारको दृष्टि

भक्तपुर, ललितपुर र काठमाडौंका स्थानीय तह ऐतिहासिक पोखरी, रैथाने इनार, राजकुलो र ढुंगेधारालाई पुरानै स्वरुपमा फर्काउने अभियानमा जुटेका छन् ।

हिमाल लम्साल: खोज पत्रकारिता केन्द्र

कोभिडका डरले घरमै सुत्केरीः २१ आमा र ५१ नवजातको ज्यान गयो

कोभिड–१९ को डरले घरमै जोखिम मोलेर प्रसूति हुने क्रममा आमा र शिशुको जीवन जोखिममा पर्दै गएको छ । ११ चैत २०७६ देखि असार मसान्त २०७७ सम्म प्रदेश–५ मा मात्रै २१ आमा र ५१ नवजात शिशुको ज्यान गएको छ ।

अमृता अनमोल: खोज पत्रकारिता केन्द्र

कानुन मिच्दै उठिबास लगाउँदै

जेवी पुन मगर: खोज पत्रकारिता केन्द्र

लक्षित समूहको बजेटबाट मोटरसाइकल–स्कुटर 

दाङका स्थानीय तहले लक्षित समूहका लागि विनियोजन गरेको नाममात्रको बजेट समेत कोरोनाको कारण देखाएर सडक–शौचालय निर्माण र मोटरसाइकल–स्कुटर खरीदमा खर्च गरेका छन् ।

गोपाल शर्मा भट्टराई: खोज पत्रकारिता केन्द्र

मधेशमा न्यायिक समितिको अस्तित्वमै प्रश्न

‘समितिका संयोजक र सदस्यहरूमा कानूनको ज्ञान छैन, तालिम पाएका छैनन्, कति त निरक्षर पनि छन् । त्यसमाथि अरू कुनै निकायबाट निगरानी नभएपछि स्थानीय तहका न्यायिक समिति अर्थहीन र निकम्मा हुन पुगेका छन् ।’ बारा, पर्सा र रौतहटको स्थानीय न्याय व्यवस्थाको हालत ।

विमला गुप्ता: खोज पत्रकारिता केन्द्र

स्थानीय सरकार: कार्यक्षमता कमजोर

महालेखा परीक्षकको कार्यालयले हालसालै गरेको एउटा विस्तृत अध्ययनले भन्यो– स्थानीय सरकारको अधिकार बढे पनि कार्यक्षमता भने बढ्न सकेन ।

कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्र

रोजगारी गुमेर बाजुरा फर्किएकाको बिचल्ली: खान अन्न न बस्ने घर

कोभिड–१९ का कारण भारतमा रोजगारी गुमाएर बाजुरा फर्केका मजदूरले खान, बस्न र औषधि उपचार गर्न मात्र होइन, मृत्यु संस्कारका लागि सामान्य खर्च जोहो गर्न नसकेर भौंतारिनु परेको छ ।

प्रकाश सिंह: खोज पत्रकारिता केन्द्र

महँगो बन्दै स्थानीय लोकतन्त्र: पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप

संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् ।

रामजी दाहाल: खोज पत्रकारिता केन्द्र

मास्क वितरणको कागजी कथा

सिरहाका १७ स्थानीय तहले अहिलेसम्म मास्क वितरण शीर्षकमा मात्रै रु.२ करोडभन्दा बढी खर्च गरेका छन् । तर, स्थलगत अनुगमनमा त्यहाँ १० जनाको परिवारलाई एउटा मास्क दिइएको पनि भेटियो ।

सुरेन्द्रकुमार कामती: खोज पत्रकारिता केन्द्र

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

स्थानीय सरकारको प्रमुख/उपप्रमुख र वडा सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिको अवस्था के छ ? दाङको बबई र गढवा गाउँपालिका अनि तुलसीपुर उपमहानगरका महिला जनप्रतिनिधिको जवाफ छ— ‘अरूको निर्णयमा ताली बजाउने र बैठक–भेलामा आऊजाऊ गर्नेमा सीमित छ हाम्रो भूमिका ।’

अञ्जना चौधरी: खोज पत्रकारिता केन्द्र

धरान र इटहरी उपमहानगरको फोहोर:नागरिकलाई रोग, पर्यावरण चौपट

धरान र इटहरी उपमहानगरपालिकाले जथाभावी फोहोर फालेर नागरिकलाई रोगी बनाएका छन् भने वातावरण प्रदूषित भएको छ ।

गोपाल दाहाल: खोज पत्रकारिता केन्द्र

ठेक्का असफल पारेर अवैध उत्खनन्

बाँकेको राप्तीसोनारी गाउँपालिकाले तीन पटकको प्रयासमा पनि गिटी–बालुवाको ठेक्का लगाउन सकेन । तर, गाउँपालिकाले रु.१४ करोड राजस्व गुमाए पनि ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा त्यही खोलाबाट गिटी–बालुवा निकाल्ने काम भने रोकिएको छैन । 

 

कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्र

माडीवासीका दुःख

रामु सापकोटा/बिक्रम राई: खोज पत्रकारिता केन्द्र

क्वारेन्टिनबाट घर फर्केका महिलालाई समाज र परिवारको सास्ती

भारत लगायतका विभिन्न ठाउँबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेर पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्केका जुम्लाका महिलामाथि समाज र परिवारले थप सास्ती दिएको छ ।

कृष्णमाया उपाध्याय: खोज पत्रकारिता केन्द्र