स्थानीय सरकार निगरानी

महानगरको उल्टो बाटो

काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड कार्यान्वयनमा ‘उदार’ भएपछि यसअघि अस्वीकृत चार हजार घरले निर्माण सम्पन्न प्रमाणपत्र पाए । त्यस्तै १३०० ले बनाइसकेको संरचनाको थप नक्शा पास गराए । यस्तो सुविधा लिन अरू १६ हजार आवेदन प्रक्रियामा छन् ।

विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि  

जता प्रभावशाली उतै बजेट

सुदूरपश्चिम प्रदेशको विकास बजेट प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरू, सभामुख र पहुँचवाला सांसदको गाउँमा खन्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विकासमा गरेको विभेदको खुलासा ।

वसन्तप्रताप सिंह: खोज पत्रकारिता केन्द्र

स्थानीय सरकार : कुरीति जोगाउँदै

जनप्रतिनिधिहरू समाजमा व्याप्त दण्डनीय कुरीति हटाउन सक्रिय हुनु साटो आफैं कुरीतिको पछि–पछि कुदिरहेका छन् । 

विनु सुवेदी :  खोज पत्रकारिता केन्द्रका लागि 

गरे के हुँदैन ? कुखुरा र तरकारीले बदलियो जीवन

बझाङको थलारा गाउँपालिकाले कुखुरापालन र तरकारी खेतीमा लिएको अग्रसरताले समाजमा व्याप्त अन्धविश्वास त हटायो नै, स्थानीय समुदायको जीवनस्तर पनि बदल्यो । गरे के हुँदैन भन्ने एउटा उदाहरण ।  

वसन्तप्रताप सिंह: खोज पत्रकारिता केन्द्रका लागि

मध्यपश्चिमको पहाडमा अर्को द्वन्द्वको बीउ रोपिंदै

दुई दशकअघि तत्कालीन माओवादीले गरेको जनसत्तामा लिखत पास गर्ने निर्णय पालना नगर्नेलाई मध्यपश्चिमका कतिपय स्थानीय सरकारहरूले ‘ठग’ मान्ने निर्णय गरेपछि समाजमा अर्को द्वन्द्वको बीउ उम्रन थालेको छ । 

देवेन्द्र बस्नेत : खोज पत्रकारिता केन्द्रका लागि

स्थानीय सरकार : न्यायिक अधिकार प्रयोगमा निष्प्रभावी

वडाबाटै समाधान हुनसक्ने विवादहरू त्यहाँका जनप्रतिनिधिले महानगरको न्यायिक समितिमा पठाउने र न्यायिक समितिले विभिन्न कारण देखाउँदै प्रहरी र अदालत पठाउने गरेका छन्। संविधानले दिएको न्यायिक अधिकारको प्रयोगमा स्थानीय सरकार निष्प्रभावी हुँदैगएको संकेत हो, यो ।

-स्मिता अधिकारी : खोज पत्रकारिता केन्द्रका लागि

विकासमा हातेमालो

चर्को कर असुली लगायतका कुराले स्थानीय सरकारहरू बदनाम बनिरहँदा काभ्रेको धुलिखेल नगरपालिकाले उपभोक्तामा समिति मार्फत विकासमा जनउत्साह बढाइरहेको छ।

-मुकेश पोखरेल : खोज पत्रकारिता केन्द्रका लागि

स्वास्थ्य र शिक्षामा भक्तपुर मोडल

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा नगरवासीलाई सेवा दिएरकमाएको प्रशंसा लोकतन्त्रमा स्थानीय सरकारको प्रभावकारिता पहिचान गर्ने एउटा नमूना हुनसक्छ ।

-मकर श्रेष्ठ : खोज पत्रकारिता केन्द्रका लागि

स्थानीय तहका पाँच उदाहरणीय काम

स्थानीय सरकारले गाउँठाउँका समस्या समाधान गर्न सकेनन् भनेर आलोचना भइरहँदा सकारात्मक र आशलाग्दा काम गरेर मुलुकका केही स्थानीय तहले ‘कालो बादलमा चाँदीको घेरा’ देखाएका छन् ।

-रुद्र पंगेनी : खोज पत्रकारिता केन्द्रका लागि

स्थानीय सरकारको हविगत : रानीपोखरीसँगै डुब्यो कान्तिपुरको इतिहास

विधिको शासनको अभ्यासलाई बलियो पार्नुपर्ने स्थानीय सरकारहरूमा कतिसम्म अराजकता चुलिएको छ भन्ने बुझन रानीपोखरीको बर्बादी हेरे पुग्छ ।

-रामेश्वर बोहरा : खोज पत्रकारिता केन्द्रका लागि

गाउँमा भेटिंदैन घरदैलोको सरकार

दक्षिणी ललितपुरका सर्वसाधारणलाई स्थानीय सरकारका जनप्रतिनिधिको सिफारिश लिन ८० किलोमिटर दूरी छिचोलेर शहर आउनुपर्छ । जनताको सेवा गर्ने बाचासहित चुनाव जितेका र आफ्नो फाइदा निम्ति शहर बसेका जनप्रतिनिधिको कथा । 

शिवहरि घिमिरे/रामहरि कार्की : खोज पत्रकारिता केन्द्रका लागि

प्रमुख–उपप्रमुख झगडा, मारमा जनता

जनप्रतिनिधिबीचको झगडाले स्थानीय तहका नियमित काम पनि प्रभावित भइरहेका छन् । विकास निर्माण लथालिङ्ग छ, सेवाग्राहीलाई सेवा लिन मुश्किल छ । सिरहाका तीन स्थानीय सरकारका प्रमुख–उपप्रमुखबीचको झगडाको कथा ।

-सुरेन्द्रकुमार कामति : खोज पत्रकारिता केन्द्रको लागि 

स्थानीय तहमा बेथिति : तलबको आधा भत्ता

कार्यालय समयमा दिएको सेवालाई समेत अतिरिक्त काम देखाएर ५० प्रतिशतसम्म भत्ता लिने प्रवृत्ति स्थानीय तहमा व्यापक छ ।

-अमृता अनमोल : खोज पत्रकारिता केन्द्रका लागि

घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच

पाँचथरमा घरायसी लिखतका भरमा सरकारी वन किनबेच हुन्छ । २०४० सालदेखि चलेको चलन अहिलेसम्म जारी छ । पूर्वी पहाडको एउटा रोचक कथा ।

लक्ष्मी गौतम : खोज पत्रकारिता केन्द्रका लागि

महानगरको कागजी विकास

मेयर निर्वाचित भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले झण्डै २०० वटा महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए । एक वर्ष बितिसक्दासम्म प्रायः कुनै पनि योजना पूर्ण कार्यान्वयन भएका छैनन् ।

-खिलक बुढाथोकी/हिमाल लम्साल : खोज पत्रकारिता केन्द्रका लागि

क्रसरले मिलाउँछ जनप्रतिनिधिलाई

एउटा क्रसर व्यवसायीले गैरकानूनी धन्दा कायम राख्न स्थानीय तह, राजनीतिक दल र सरकारी निकायलाई कसरी मिलाएर राखेको हुन्छ ? गोरखा छेवेटारको गोरखकाली क्रसर उद्योगको चिरफार ।

-किरण लोहनी : खोज पत्रकारिता केन्द्रका लागि

छुवाछूत अपराध : पीडितलाई मिल्न दबाब

झापामा दलित समुदायका लागि स्थानीय सरकार र हिजोको गाविसमा कुनै भिन्नता देखिएन । छुवाछूत विरुद्ध अपराधको उजुरी लिएर जाँदा स्थानीय सरकार भन्छ, ‘तपाईंहरू मिल्नुस् ।’

-पर्वत पोर्तेल : खोज पत्रकारिता केन्द्रका लागि

जनप्रतिनिधिले गरेको राम्रो काम

जनप्रतिनिधिहरूले अलिकति तदारुकता देखाउनासाथ वर्षौंदेखि ‘अनागरिक’ रहेका यहाँका युवाहरूले नागरिकता पाएका छन् । नेपालगञ्ज उप–महानगरपालिकाले गरेको एउटा राम्रो कामको उदाहरण ।

-कृष्ण अधिकारी : खोज पत्रकारिता केन्द्रका लागि

स्थानीय तह : जताततै विधि उल्लंघन

विधि उल्लंघन स्थानीय तहका लागि मामुली कुरा भएको छ । तोकिएको समय (असार १०) मा बजेट नल्याउनु यसको एउटा उदाहरण हो ।

-कृष्ण आचार्य : खोज पत्रकारिता केन्द्रका लागि

बाढीपीडितको राहतमा जनप्रतिनिधिको लूट

एक वर्ष अघिको बाढीले बिचल्लीमा पारेका जहदा गाउँपालिका, मोरङका पीडितलाई सरकारले पठाएको राहत जनप्रतिनिधिले आफन्त, नातागोता र कार्यकर्तालाई मनलाग्दी बाँडेका छन् ।

-कमल रिमाल : खोज पत्रकारिता केन्द्रका लागि