फलाेअप

टियर ग्याँस प्रयोगमा प्रश्न उठेपछि नेपाल प्रहरी भन्छ– ‘भीड नियन्त्रण गर्न अब पानीको फोहोरा ।’

प्रजु पन्त: खोज पत्रकारिता केन्द्र

२९ जेठ २०७७ मा प्रधानमन्त्री निवास बालुवाटर घेर्न पुगेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले भाटभटेनीबाट अघि बढ्न दिएन । घम्साघम्सी भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्यो । भागदौडको क्रममा भीड नियन्त्रण गर्न भनेर प्रहरीले गैह्रीधारामा ‘टियर ग्याँस’ हान्यो ।

नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा संरक्षण

गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा संलग्न कोही अदालतबाट नाम मात्रको धरौटीमा छुटेका छन् भने मुख्य व्यक्तिहरू राजनीतिक संरक्षणमा ‘फरार’ छन् ।

रामु सापकोटा, काठमाडौं, आल्या अलहाज्जरी, क्वालालम्पुर : खोज पत्रकारिता केन्द्रका लागि

फलोअप : जथाभावी डोजर, भयावह परिणाम

बझाङमा जथाभावी खनिएका बाटोका कारण ३५०० बढी ठाउँमा पहिरो जाने खतरा छ । एक अध्ययन प्रतिवेदन भन्छ, ‘७ रेक्टर स्केल माथिको भूकम्प आउँदा जिल्लाभर १५ वटा घर मात्र सुरक्षित हुनेवाला छन् ।’

-वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि

थेसिस खरीदबिक्री छानबिन प्रतिवेदनको सुझाव : ‘बौद्धिक चोरी गर्नेको डिग्री रद्द’

दुई वर्षअघि त्रिवि कार्यकारी परिषदले थेसिस खरीद बिक्रीको अनुसन्धान गर्न गठन गरेको छानबिन समितिले भर्खरै प्रतिवेदन बुझाएको छ । प्रतिवेदन भन्छ, ‘बौद्धिक चोरी गर्ने विद्यार्थी र तिनका शोध निर्देशकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

-प्रमोद आचार्य : खोज पत्रकारिता केन्द्र

गुम्बा गाउँमा मतदान केन्द्र 

‘गुम्बा गाउँ : एउटा अर्को नेपाल’ खोज समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले ३० मतदाता रहेको बाजुराको अति दुर्गममा यो गाउँमा मतदान केन्द्र स्थापना गरेको छ ।
 

-प्रकाश सिंह:  खोज पत्रकारिता केन्द्रका लागि

फेरि थपियो भारतीय सन्जाल

सरोजराज अधिकारी, खोज पत्रकारिता केन्द्रका लागि  

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो सन्जाल बिस्तार गर्ने भारतीय चाहनालाई फेरि एकपटक सदर गरेका छ । बुटवलमा पेन्सन वितरण क्याम्प स्थापनाका लागि भारतीय पक्षबाट भएको १३ वर्षअघिदेखिको प्रयासलाई दाहाल नेतृत्वको मन्त्रिपरिषदले अनुमति दिएको हो । 

स्मार्ट लाइसेन्स प्रकरण : नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई दिन सर्वोच्च अदालतद्वारा रोक

सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी कम्पनीलाई दिने कार्य तत्काल रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आइतबार ड्राइभिङ्ग लाइसेन्सलाई डिजिटल गराउने कार्य गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको हातमा जाने भएकोले तत्काल सो कार्य रोक्न नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको इजलाशले सो आदेश जारी गरेको हो ।

 स्मार्ट लाइसेन्सको विवरण देश भित्रै राख्न माग गरेर सर्बोच्च अदालतमा मुद्धा

स्मार्ट लाइसेन्स बनाउने क्रममा नेपाली नागरिकको ब्यक्तिगत विवरण चेन्नइ स्थित एक भारतीय कम्पनीको कब्जामा पुगेको खोज पत्रकारिता केन्द्रको समाचारलाई आधार बनाएर सर्वोच्च अदालतमा मुद्धा परेको छ । अधिवक्ता भक्तिराम घिमिरे सहितका वकिलहरुले आज सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन ।

gopal parajuli

सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु

सेवा प्रवेश गर्दा पेश गरेको नागरिकताको भन्दा फरक जन्ममितिसहितका शैक्षिक प्रमाणपत्र वा नागरिकता प्रमाणपत्रको प्रलिलिपि पेश गर्दै सेवा अवधि बढाउने न्यायाधीशहरूको प्रयासलाई सर्वोच्च अदालतले दुई–दुई पटक रोकिदिएको उदाहरण छ ।  

-तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्रका लागि

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न : ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

‘सत्य’ पक्राउ गर्न गएको प्रहरीले ‘शक्ते’ लाई समातेर मुद्दा चलायो । अदालतले २० वर्ष कैद गर्ने फैसला गर्यो। ती निर्दोष कैदी शशिकुमार तितुङ ‘शक्ते’ को मुद्दा दुई वर्षदेखि सर्वोच्च अदालतमा ‘पालो नआएर’ अड्किरहेको छ ।

-मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्रका लागि