सन् १९९० को सुरुवातदेखी आफ्नो पुस्तौनी थातथलो छाड्न बाध्य तुल्याएर लखेटिएका नेपालीभाषी भूटानी (लोत्साम्पा)मध्ये अधिकांश करिब दूई दशक नेपालमा शरणार्थी जीवन विताएर अहिले संसारका थुप्रै मुलुकमा पुर्नवसोवासमा गएका छन् । तर तिनकै थुप्रै आफन्तहरु भने भुटानका जेलहरुमा ३० वर्षयता थुनिएका छन् । ३० जना भन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् । राजबन्दीकै हैसियतमा बर्षौबर्ष जेल सजाय बेहोरेर पुर्वी नेपालका शरणार्थी क्याम्पमा फर्कनेहरु अझै पनि उत्तिकै भेटिन्छन् भने जेलमा थुनिएको छोरो कुनै दिन फर्कला भनेर पर्खीबस्नेहरु पनि उत्तिकै छन् ।
४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका आरक्ष पीडितको कथाः admin See author's posts
Read more