खोज रिपोर्ट

व्यवसायिक बन्दैछन् पूर्व लडाकू

२०५८ सालदेखि करिब १० वर्षसम्म तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा बिताएका ललितपुर इकुडोलका प्रवीण थापा मगर २ वर्षदेखि ललितपुरको चापागाँउमा बंगुर पालेर बसेका छन् । जनमुक्ति सेनामा कम्पनी कमाण्डर रहेका थापाले स्वेच्छिक अवकास लिंदा ६ लाख रुपैयाँ पाएका थिए । यसमा केही ऋण पनि थपेर १२ लाख रुपैयाँको लगानीमा शुरू गरेको बंगुर फर्ममा अहिले माउ र बच्चा गरेर ४० वटा बंगुर छन् । यहि व्यवसायबाट वर्षको ४ लाखसम्म कमाउन थालेको उनले बताए ।

-कमल पराजुली : खोज पत्रकारिता केन्द्र   

पीडितको घाउ, चर्किएको घर र स्कूल पुनर्स्थापन गर

देशमा चलेको सशस्त्र द्वन्द्वकालमा विद्रोही वा राज्य जुनसुकै पक्षबाट पीडित भएका नागरिकलाई राज्यले राहत दिने कुरा ठूलो स्वरमा उरालियो । देशमा द्वन्द्व न्यूनीकरण गर्ने भनेर पीडितका नाममा छुट्ट्याइएको राहत रकम टाठाबाठाले जिप्ट्याइदिए । तिनले राज्यकोषमा ब्रम्हलूट मच्चाएका हुनाले विस्थापितहरू पुनर्स्थापित हुन सकेनन् । त्यसैले लमजुङमा द्वन्द्वको पीडा ज्यूँकात्यूँ छ ।

-युवराज श्रेष्ठ: खोज पत्रकारिता केन्द्र

सुदूरपश्चिम : घनावन मासिएपछि, बस्ती बन्यो बगर

२०५९ सालमा आफ्नो गाउँ रङगुनबाट खाडी मुलुक ओमानको टलेक्स कम्पनीमा काम गर्न गएका जोगबुढाका खडक भाट ५वर्षपछि २०६४ असोजमा घर फर्कँदा उनले आफ्नो गाउँ पत्ता लगाउनै सकेनन् । गाउँ भेट्टाएपछि पनि घर भेट्टाउन सकेनन् । उनले भने—मेरो १७ रोपनी जमिन र घर त बगर पो भैसकेको रहेछ ।”

-चित्रांग थापा: खोज पत्रकारिता केन्द्र

नेपाल जलवायु परिवर्तन : हिमालमा खतरा, बजेट जति अलपत्र

सौरभ ढकाल (खोज पत्रकारिता केन्द्र )- जलवायु परिवर्तनबाट नेपालमा पर्न सक्ने प्राकृतिक विपत्ति र संकटबाट बच्न, बचाउन र वातावरण अनुकूलन हुनाका लागि दिईने सूचना र जनतामा सचेतना जागृत गराउन भनेर विभिन्न दातृ निकायले सरकारलाई करिव १४ अरब (१४ करोड ४७ लाख अमेरिकी डलर) बजेट दिएका छन् । यसबाट विभिन्न नामका परियोजना सञ्चालित् छन् । तर यो […]

बलात्कार : पीडितमाथि कानूनी बोझ

बलात्कार जस्तो अपराधलाई समाजमा पैसाको लेनदेन गरेर मिलाउनु झनै ठूलो अपराध हो । तर यसरी बलात्कारका अपराधहरुलाई पीडक र पीडितबीच मिलापत्र गराई समाजमा नै मिलाइएका थुपै्र उदाहरणहरू छन् । कतिपय पीडितहरु समाजलाई चुनौती दिंदै अदालतमा पनि पुगेका छन् । कानूनले तोकेको समयभन्दा केही ढिला भएपनि अदालतले मुद्दा हेरिदिने गरेको छ । तथापि बलात्कार सम्बन्धि अधिकांश […]

जाली नोटको धारले सदरुलको हत्या

२०७० जेठ ६ गते सप्तरी क्षेत्र नं ५का सभासद् सदरुल मियाँ हकको हत्या भयो । घटना हुनु भन्दा ६ महिना अघिदेखि उनलाई कसैले मार्ने धम्की दिईरहेको थियो । सभासद सदरुलले पटक पटक जानकारी दिँदा पनि स्थानीय प्रहरीले वेवास्ता गरेपछि उनले आफै सुरक्षा व्यवस्था गरेका थिए । उनको सुरक्षाका लागि जुन दिन निजि सुरक्षा गार्ड आए, त्यसै दिन राती उनको हत्या भयो । प्रहरीले यस घटनालाई सामान्य मामिला बनाएर औपचारिकता पुरा ग¥यो । तर हत्याका मुख्य आरोपीलाई आजसम्म खोजेको छैन । प्रहरीले सदरुल हकले प्रयोग गर्ने गरेको फोन नं.९७४११६३६४०को कल डिटेल्स समेत छानविन गरेन । जसबाट उसलाई मार्ने धम्की दिने मानिस पत्ता लगाउन सहज हुन्थ्यो । खोपकेको अनुसन्धानमा सदरुलको हत्याको योजना भारतीय जेलमा परेका वंगलादेशी नागरिक सुव्रतो विन र उसका नेपाली र भारतीय एजेन्टहरुको वरिपरि घुमेको देखिन्छ ।

-विजयप्रसाद मिश्र: खोज पत्रकारिता केन्द्र

खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ । दुई चरणमा गरी १० दिन चल्ने यस तालीममा खोज पत्रकारिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिइनेछ ।

‘पहिचान—मैत्री’ लगानी

एकल जातीय पहिचानको राजनीतिमा घुसेको विदेशी रकमले नेपालको हिमाल “तताएको” छ, पहाडको “सिङ” उमारेको छ र तराईमा “लु” चलाएको छ । जातीय पहिचानको खोजीले राजनीतिक “छलाङ” ल्याएको छ । एकल पहिचान सहितको जातीय राज्यको बहसले संविधानसभामा “आँधीबेहरी” र “ज्वारभाटा” उठाएको छ ।

-हस्त गुरुङ/बाबुराम विश्वकर्मा: खोज पत्रकारिता केन्द्र

Ambulance

एम्बुलेन्स–अस्पताल व्यापार : तिम्रो विरामी लैनो कि बकेर्नो ?

अस्पतालले एम्बुलेन्स चालकलाई विरामी हेरेर ५ देखि १० हजारसम्म दिने गरेको छ। बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार । अस्पतालले बिरामीलाई कस्तो उपाचर दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निर्क्यौल गर्छन् ।

-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्र

अस्पताल र चिकित्सकका शिकार

रामु सापकोटा (खोज पत्रकारिता केन्द्र )- नेपालका अस्पताल र चिकित्सकहरुका लागि विरामीहरुको शरीर नै प्रयोगशाला हुँदै आएको छ । नेपाल मेडिकल काउन्सिल मुक भएकोले अस्पतालमा मर्ने मार्ने खेल नियमित रुपमा चलिरहेको छ ।  प्रकाशित समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।   http://swasthyakhabar.com/2014/05/10889.html [PDF को लागि] अक्सिजन एक्सिडेन्टललितपुर वडा. न.९ सप्तखेलका दिकेश बज्राचार्यको ४ वर्षको उमेरमै […]

महिला बेचबिखन : गाउँदेखि अरबसम्म संजाल

तुफान न्यौपाने (खोज पत्रकारिता केन्द्र)- मानव तस्करहरुले ग्रामीण वस्तीसम्म पुगेर नेपाली चेलीलाई दिल्ली, पञ्जाव र खाडी मुलुकहरुमा बेचिरहेका छन् । यसमा उनीहरुलाई स्थानीय प्रहरीको सहयोग रहेको देखिन्छ । उनीहरुको विरुद्ध परेका कतिपय उजुरी प्रहरी चौकीबाट र कतिपय चाहिँ अदालत पु-याउने क्रममा गायब पारिएका छन् । त्यसरी उम्कने वेचविखन कर्ताको पहिलो प्रयास हुन्छ- अर्की महिलालाई जालमा पार्ने […]

sanjaya mukesh

जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको ‘डिल’

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्।

-नवीन झा: खोज पत्रकारिता केन्द्र

विपन्न र निरक्षर महिला जति भेडाबाख्रासरि बिक्रिमा

टिकाराम नेती (खोज पत्रकारिता केन्द्र)-भारतको दिल्ली, मुम्बई र खाडीका विभिन्न देशमा अमानवीय यातना भोगेर चारवटी युवतीहरु, लक्ष्मी लिङदेन, गायत्री कार्की, देवी राया र ज्ञानमायाँ प्रसाई हालै नेपाल फर्किएका छन् । तर दलालहरुले उनीहरुको नागरिकता र पासपोर्ट कब्जामा राखेर फेरि उतै लैजान कसरत गरिरहेका छन् ।  PDF को लागि यहाँ CLICK गर्नुहोला । [अडियो सहित प्रकाशित […]

भन्सार छल्दै भित्रिन्छ विषादी

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)- इलाम, १६ चैत – जिल्लाका गाउँ-गाउँमा खुलेका एग्रोभेट पसलमा विभिन्न किसिमका विषादी बेचिन्छन् । तर, सबै विषादी भन्सार छलेर जिल्लामा भित्रिने गरेका छन् । निगरानी र नियमन गर्ने निकायका पदाधिकारी ‘यो विषादीबारे हामीलाई केही थाहा छैन’ भन्दै पन्छिने गरेका छन् । “भन्सारको बाटो भएर त एक थोपो विषादी पनि इलाम […]

विषादीमा विषालु खेल

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र)-चिया, तरकारी, अलैंची, अदुवा तथा दुग्धजन्य उद्योगमा नाम कमाएको इलाम विषादीको अत्यधिक प्रयोगले पीडित हुन थालेको छ । इलाममा १३ सयभन्दा बढी विषादी प्रयोगमा छन् । यीमध्ये ‘कार्सिनोजेनिक’ असर उत्पन्न गर्ने १५ किसिमका विषादी अत्यधिक प्रयोगमा छन् । यिनै विषादीका कारण इलाममा क्यान्सरबाट मर्ने र आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ […]

“अत्तर” को नाममा चरेसको व्यापार

बसन्तप्रताप सिंह (खोज पत्रकारिता केन्द्र)-सरकारले चरसको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसारमा प्रतिवन्ध लगाएको छ । लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी ऐनले चरेसको कारोवार गर्नेलाई १० वर्ष कैद र दशलाख रुपैयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर, वझाङमा गाँजा खेती नै सदावहार नगदेबाली बनेको छ । जिल्लाको ४७ मध्ये ३० गाविसमा  […]

सेतो नूनमा, कालो दृष्टि

प्रवीण अधिकारी (खोज पत्रकारिता केन्द्र)- २०७० मंसिरको पहिलो सातातिर ललितपुर कुुसुन्ती निवासी लक्ष्मी गजुरेललाई एककिलो नून खोज्न ४ दिन लाग्यो ।  उनले भनिन्- पहिलो दिन पसलले नुन सकिएको छ, भोलि आउनुस भन्यो । दोस्रो दिन जादा आज पनि छैन भनेर फर्काई दियो । तेस्रो दिन बजारका अरु पसल चहारेँ, नून भेटिएन । चौथो दिन एउटा […]

इलाममा प्रतिबन्धित विषादी अत्यधिक प्रयोग

तोयानाथ भट्टराई (खोज पत्रकारिता केन्द्र) –विश्वका ४६ देशले प्रयोगमा प्रतिबन्ध लगाएको मोनोाक्रोटोफस नामक विषादी इलामका कृषकले सबैभन्दा बढी प्रयोगमा ल्याएको पाइएको छ । कृषकले यो विषदीलाई ‘धेरै राम्रो’ मानेर उपयोग गर्ने गरेका छन् भने व्यापारी पनि मोनोको माग धेरै भएको बताउँछन् । तर, यसको घातक प्रभावबारे दुवै बेखबर छन् ।पञ्चकन्या जनहित कृषि सहकारी संस्थाका अध्यक्ष […]

मिथिला विष्फोटको रहस्यमय कडी : पर्दा पछाडि सक्रिय रहेको “त्यो को हो” ?

धनुषा प्रहरीले मिथिला विष्फोटका महत्वपूर्ण कडीहरु मानिएका मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानूनको घेरा भित्र पारिसकेको छ ।

नवीन झा | खाेज पत्रकारिता केन्द्र

बझाङमा १२ करोडको कागजी साक्षरता : नागरिकहरु ल्याप्चे युगमै

बझाङका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले जिल्लाको २१ वटा गाविसलाई “पूर्ण साक्षर” भनि घोषणा गरिसकेका छन् । जिल्लामा आयोजना हुने साना ठूला कार्यक्रममा बझाङ जिल्लाको २१ वटा गाविस पूर्ण साक्षर भैसकेको र बाँकी २६ गाविसलाई सन् २०१४ भित्र साक्षर वनाएर बझाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न प्रतिवद्ध रहेको भाषण गर्दै हिँड्छन । उनका भाषणहरुले स्थानीय पत्रपत्रिका भरिएका छन् ।

वसन्त प्रताप सिंह | खाेज पत्रकारिता केन्द्र