नेपाली सेना:प्रतिरक्षा जिम्मेवारी, नाफामा ध्यान " /> नेपाली सेना:प्रतिरक्षा जिम्मेवारी, नाफामा ध्यान "> CIJ: Centre for Investigative Journalism - Nepal

खोज रिपोर्ट

नेपाली सेना:प्रतिरक्षा जिम्मेवारी, नाफामा ध्यान

एकदशक यता नेपाली सेना पूर्वाधार विकास र नाफामूलक व्यवसायमा अस्वाभाविक रूपमा आकर्षित हुँदै गएको छ । उसलाई परिभाषित जिम्मेवारी दिने नेपालको संविधान, सैनिक ऐन र राष्ट्रिय सुरक्षा नीतिसँग यसको छेउटुप्पो मेल खाँदैन ।

-रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्रका लागि

भूकम्पले नढालेका ‘अपार्टमेन्ट’ त्रासले ढले

 भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै धरासायी हुनपुगेको छ । निर्माता, ब्याङ्क र सर्वसाधारणको गरेर रु.१२५ अर्ब लगानी रहेको अपार्टमेन्ट व्यवसायकोे यो हविगत कसरी भयो ?  

-रामेश्वर बोहरा खोज पत्रकारिता केन्द्रका लागि

सुत्केरी संवाद : ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’

बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा फरक हदै दयनीय छ सुत्केरीको अवस्था ।

खोज पत्रकारिता केन्द्रका लागि  बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा साथमा प्रकाश सिंह

‘सिकल सेल एनिमिया’: थारू परिवारमा मानवीय संकट

शरीरका रक्तकोषहरू हँसिया जस्तो बाङ्गो हुने र रक्त प्रवाहमा अवरोध आउने ‘सिकल सेल एनिमिया’ रोगले पश्चिम तराईका धेरै थारू परिवारमा मानवीय संकट सृजना गराइरहेको छ । एउटा समुदायविशेषमा देखिएको यो शान्त महामारीबारे दाङ, बर्दिया, सुर्खेत र कैलालीका पाँच उदाहरण ।

-कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

सौदाबाजीमा संवैधानिक निकाय

माओवादी शिविरको आर्थिक अनियमितता प्रकरणमा ‘अनुसन्धान अगाडि बढाउने’ अख्तियारको भनाई आवेशप्रेरित, बदनियतपूर्ण र क्षेत्राधिकार बाहिर छ, कसरी ?

-मातृका दाहाल: खोज पत्रकारिता केन्द्रका लागि

प्रहरीको पसिनामा अरुको रजाइँ 

ज्यानको बाजी राखेर अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रहरीलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कार रकममा अदालत र राजस्व अनुसन्धान विभागका कर्मचारीले लुट मच्चाइरहेका छन्, कसरी ?

-रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि

मेडिकल कलेजहरूको अर्को बेइमानी– प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना

सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो । नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन । काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेका छन् । 

-कृष्ण ज्ञवाली : खोजपत्रकारिता केन्द्रका लागि 

डा.कृष्ण भट्टचनको पत्र खोपकेलाई

सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्र, जावलाखेल, ललितपुर ।

खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले २९ भदौ २०७३ मा नेपाली भाषामा प्रकाशित ‘त्रिविमा थेसिसको खरीदबिक्री : नाम चलेका प्राध्यापकदेखि फोटोकपी पसलेसम्म’ र अंग्रेजी भाषामा तयार पारी प्रकाशित गरिएको ‘थेसिस अन् सेल’ शीर्षकका खोज समाचार र प्रसारण भएको भिडियोमा मेरो नाम तीनवटा प्रसंगमा उल्लेख भएको पाइएकोले यी तिनै प्रसंगका सम्बन्धमा मेरो गम्भीर चासो र आपत्ति छ ।

त्रिविमा थेसिसको खरीदबिक्री 

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग र उपत्यकाका आंगिक क्याम्पसमा सजिलै थेसिस किन्न पाइन्छ । ‘बौद्धिक–उत्पादन’ खरीदबिक्रीको यो बजारमा विश्वविद्यालयका नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षक र विद्यार्थीदेखि फोटोकपी पसलेसम्म संलग्न छन् ।  

-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्रका लागि

gopal parajuli

भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्यायपरिषद्मा पेश गरेका छन् । ५८ दिन प्रधानन्यायाधीश हुने पराजुली यो प्रतिलिपिले मान्यता पाए थप ८ महीना २७ दिन सो पदमा बस्नेछन् । 

-तुफान न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि

डाक्टर बन्न नक्कली कागजात

गुणस्तरीय शिक्षा दिएर नेपालकै लागि डाक्टर उत्पादन गरिरहेको गफ गर्ने नेपालका मेडिकल कलेजहरू पत्याउन मुश्किल पर्ने अपराध गरिरहेका छन् । मात्र पैसा कमाउनका लागि उनीहरू मापदण्ड विपरीत नेपाली विद्यार्थीलाई ‘चोर बाटो’ बाट विदेशी कोटामा डाक्टर बनाउँदैछन् । 

-रामु सापकोटा: खोज पत्रकारिता केन्द्रका लागि

आश्मा खातुन कक्षा ८

कपिलवस्तु जिल्लाको दक्षिणी भेगका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । असुरक्षा र अन्धविश्वासका कारण त्यहाँका धेरै छात्रा ८ कक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्छन् । त्यस्ता करीब १० हजार छात्रामध्ये एक हुन्, आश्मा खातुन ।

-मुकेश पोखरेल: खोज पत्रकारिता केन्द्रका लागि

सेनामा कागजात कीर्ते : प्रधानसेनापतिले नै फेरे जन्ममिति 

नागरिक नियन्त्रण खुकुलो हुँदा सेनाभित्र यतिबिधि मनपरि बढेको छ कि– जन्म, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात किर्ते गर्ने प्रवृति ब्यापक छ । प्रधानसेनापति स्वयंले सो पदमा पुग्न आफनो जन्ममिति नै सच्याएको खुलासा भएको छ ।

 

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

कर्जाले बनायो कंगाल

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको कथा ।  

-एकल सिलवाल: खोज पत्रकारिता केन्द्रका लागि

प्रधानसेनापतिहरुको मनपरी

प्रधानसेनापतिहरुका आदेश र निर्णय यतिविघ्न मनमौजी छन् कि यो सैनिक संगठन मुलुकको संविधान र कानुन मातहत छ भन्न असजिलो लाग्छ । 

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

कागजी निकासः असारमा विकास

राजनीतिज्ञ, कर्मचारी र ठेकेदारहरू विकास बजेट खर्च गर्न किन असार महीना नै पर्खन्छन् ? यसनिम्ति हाम्रो आर्थिक कानून, अर्थ प्रशासन र कार्यप्रणाली कति जिम्मेवार छ ? समग्रमा मुलुकको विकास बजेट राजनीतिक दल, सांसद्, सम्बन्धित मन्त्रालय र स्थानीय तहका नेताहरूको स्वार्थमा कसरी प्रयोग भइरहेको छ ? 

-कृष्ण आचार्य: खोज पत्रकारिता केन्द्रका लागि

एकजना सरकारी वकीलको चिठी खोपकेलाई : यसरी थुनिन्छन् निर्दोषहरू

फौजदारी न्यायप्रणाली नबुझेर अथवा अरू कसैको प्रभावमा परेर ‘अपराधी थुन्ने’ कठोर कानून बनाउँदा कसरी निर्दोषहरू थुनिन पुग्छन् ? शशिकुमार तितुङ एउटा उदाहरण मात्रै हुन् । खोपकेले खोज्नुपर्ने अरू कथाहरू पनि छन् । 

सम्पादकजी ! 

नेपालका प्रमुख पाँच सुरक्षा चुनौती

मन्त्रिपरिषद्बाट हालै पारित तर गोप्य राखिएको राष्ट्रिय सुरक्षा नीतिले मुलुकका प्रमुख पाँच सुरक्षा चुनौती पहिचान गरेको छ। ती हुन्– बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमा, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेल तथा इन्धन र ऊर्जा संकट ।

-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि

यसरी तहसनहस भयो एउटा पुरानो स्कूल !

एक जना प्रधानाध्यापक हुनुपर्नेमा तत्कालीन शिक्षा राज्य मन्त्री दिलेन्द्र बडूको स्वार्थमा अर्कोलाई बनाउँदा सुदूरपश्चिमको एउटा नामी स्कूल तहसनहस भयो, कसरी ?

-भवानी भट्ट: खोज पत्रकारिता केन्द्रका लागि 

युवा स्वरोजगार कोष : आफ्नो हात जगन्नाथ

बेरोजगार युवालाई रोजगार बनाउन खोलिएको ‘युवा स्वरोजगार कोष’ दलका स्थानीय नेता–कार्यकर्ता, ब्यांक तथा सहकारी र उनीहरूले पत्याएका साना–ठूला व्यापारीको हितमा प्रयोग भइरहेको छ । नवलपरासी र पाल्पामा गरिएको खोज ।

-कल्पना भट्टराई: खोज पत्रकारिता केन्द्रका लागि