सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ बालापन ? पूर्वी पहाडी जिल्ला भोजपुरका गाउँ–गाउँको कथा ।
-विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि
स्कूल नगई-नगई जाँडको व्यापार" /> स्कूल नगई-नगई जाँडको व्यापार">
सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ बालापन ? पूर्वी पहाडी जिल्ला भोजपुरका गाउँ–गाउँको कथा ।
-विद्या राई: खोज पत्रकारिता केन्द्रका लागि
काठमाडौंमा ठूलो संख्यामा कलिला बालिका गुजाराका निम्ति कसरी यौनकर्मी बनेका छन् ? १४ देखि १८ वर्षका बालिकाले यतिविघ्न शोषण भोगिरहँदा पनि सरकार रमिता हेरेर बसेको छ ।
-लक्ष्मी बस्नेत: खोज पत्रकारिता केन्द्रका लागि
अहिले मुलुकभर बाटो र पुल बनाउने करीब रु.१० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारहरू चाहिं ‘मुलुक बनाउने’ नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् ।
-रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्रका लागि
सिन्धुपाल्चोकबाट दुबई र कुवेत जान कञ्चनपुरको बाटो किन प्रयोग हुँदैछ ? वैदेशिक रोजगारीको आवरणमा भइरहेको चेलीबेटी बेचबिखनको कथा ।
-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्रका लागि
कांग्रेस, एमाले–माओवादी घोषणापत्रका आर्थिक बुँदाको ‘फ्याक्ट चेक’
-सुदर्शन सापकोटा: खोज पत्रकारिता केन्द्रका लागि
बाजुराको दुर्गम गाउँका आमाहरूको कथा, जसले १५ सन्तान जन्माए तर आधा पनि बचाउन सकेनन् ।
-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि
बिरामीको मृत्युपछि ‘अस्पताल र डाक्टरको लापरवाही’ भनेर हुने हुलदंगा र आफन्तले दिने उजुरीको विधिसम्मत सुनुवाइ नगरिंदा अस्पतालका अँध्यारा कोठामा लाशको मोलतोल गर्ने क्रम बढ्दैछ, कसरी ?
-भिषा काफ्ले/जनक तिमिल्सिना: खोज पत्रकारिता केन्द्रका लागि
त्रिभुवन विश्वविद्यालयका धेरै प्राध्यापक (शिक्षक) र कर्मचारी निजी क्याम्पस चलाएर बसेका छन् । विश्वविद्यालय उनीहरूको लागि हाजिर गरेर तलब पकाउने ठाउँ भएको छ, कसरी ? त्रिवि अनुगमन निर्देशनालयले तयार पारेको गोप्य प्रतिवेदनको खुलासा ।
-प्रमोद आचार्य, खोज पत्रकारिता केन्द्रका लागि
सात महीनामा दुई एलडिओ सरुवा गर्न सक्ने नवलपरासीका गिट्टीबालुवा डनहरूको कथा
-कल्पना भट्टराई, खोज पत्रकारिता केन्द्रका लागि
राष्ट्रले तोकेको मापदण्ड भन्दा झण्डै चार गुणा बढी मूल्य पर्ने गाडी चढिरहेका संवैधानिक अङ्गका पदाधिकारी किन सधैँ महङ्गा गाडीमा मात्रै आँखा लगाउँछन् ? राष्ट्रिय सम्पत्तिमा रजाइँ र कमिशन मोहले उनीहरूलाई बिलासी गाडीप्रति यतिविघ्न लुब्ध बनाएको हो ।
-रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि
नियुक्ति र बढुवाका लागि अंक ल्याउन उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक समेतलेअरूका लेखरचना र पुस्तकलाई आफ्नो झैं प्रस्तुत गर्ने प्रवृत्ति विश्वविद्यालयहरूमामौलाएको छ, कसरी ?
-प्रमोद आचार्य: खोज पत्रकारिता केन्द्रका लागि
नेपाल प्रहरीका नियमित काम कारबाहीमा समेत शक्ति राष्ट्रका आँखा पर्न थालेका छन् । चीन, भारत र अमेरिकाले प्रहरीलाई गरेको ‘सहायता’ राजनीतिको रणनीतिक पाटो ।
-रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि
कर फछ्र्योट गर्ने नाममा तपाईं–हामीबाट उठाएको कर संकलन गर्ने व्यापारीलाई नै फिर्ता गरिएको छ । त्यति मात्रै हैन, मुलुकका कतिपय व्यापारिक घरानाले तिरिसकेको करसमेत ‘न्याय गर्नुपर्ने देखिएको’ भनेर उनीहरुलाई नै फिर्ता गरिएको छ । कर फछ्र्योट आयोगमा हालिएका निवेदन र आयोगले गरेको कर्तुतको खुलासा
–कृष्ण आचार्य र कृष्ण ज्ञवाली: खोज पत्रकारिता केन्द्रका लागि
स्थानीय तह निर्वाचनको मिति सारेको कारण मात्रै मुलुकलाई रु.४ अर्ब बढी व्ययभार थपिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायभित्र रहेको ‘मौकामा चौका हान्ने’ प्रवृत्तिले पनि चुनाव खर्च बढाइरहेको छ, कसरी ?
भद्र शर्मा: खोज पत्रकारिता केन्द्रका लागि
एक दशकयता मधेश चर्को द्वन्द्व झेलिरहेको छ । आन्दोलनकारी दलबाटै उपेक्षित मधेश आन्दोलनका शहीद परिवारभित्र अहिले चरम निराशा छ । पीडित परिवारका एक जना सदस्य त यतिसम्म भन्छन्, “आन्दोलनमा गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ ।”
-सरोजराज अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि
‘निर्वाचनमा आफूलाई मन परेको उम्मेदवारलाई निर्धक्क भएर भोट हाल्ने’ नारा बझाङका दलित र गरीबका लागि देखावटी प्रचार मात्रै हो । उनीहरू भन्छन्, “बाख्रो बेच्दा पनि सोध्नुपर्ने मालिकलाई नसोधी आफूखुशी भोट हाल्यो भने हाम्रो हालत के होला ?”
-बसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि
‘गुम्बा गाउँ : एउटा अर्को नेपाल’ खोज समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले ३० मतदाता रहेको बाजुराको अति दुर्गममा यो गाउँमा मतदान केन्द्र स्थापना गरेको छ ।
-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि
बीस महीनाअघिको टीकापुर संहार धेरैले बिर्सिसके । घटनाको छानबीन पनि भएन, अन्धाधुन्द मानिस पक्राउ गरियो र अब एकमुष्ट रिहा गर्न खोजिंदैछ । निर्दोष थुन्ने र दोषी उम्काउने खेलको भित्री पाटो ।
-कृष्ण अधिकारी: खोज पत्रकारिता केन्द्रका लागि
मधेशको चुनावी नतिजालाई धेरै कुराले प्रभाव पार्छन् । एक हो, पैसा । ‘भगवान तहत भेटी’ र ‘कत्ल कि रात’ अर्थात् ‘भगवान (स्थानीय अगुवा) अनुसारको भेटी’ र ‘अघिल्लो रातको चलखेल’ ले मधेशमा धेरै हदसम्म चुनावी परिणाम निर्धारण गर्छ । जात र उम्मेदवारको व्यक्तिगत प्रभाव अन्य कारण हुन् ।
-सरोजराज अधिकारी र भूषण यादव: खोजपत्रकारिता केन्द्रका लागि
टेलिफोन छैन, रेडियो सुनिंदैन, गाउँको प्रावि वर्षमा तीन महीना मुश्किलले खुल्छ । मतदान केन्द्र
जान–आउन दुई दिन लाग्ने भएकोले कोही पनि भोट हाल्न जाँदैनन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको एउटा दुर्गम गाउँको कथा ।
-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि