मल्टिमिडिया

चार वर्षदेखि चिकित्सक भर्ना ठप्प: देशभरका अस्पतालमा ४६% दरवन्दी रिक्त

अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमाथि भइरहेको ज्यानमारा खेलको कथाः

घाइते र अपाङ्ग माओवादी लडाकू भन्छन्ः ‘हामीलाई अहिले आफ्नै सपनाले तर्साउँछ’

कुनै बेला आफू संलग्न माओवादी जनयुद्ध अहिले कस्तो लाग्छ ? घाइते र अपाङ्ग माओवादी लडाकूहरू भन्छन्, “नेताहरूले सपना देखाए, हामी ती सपना पूरा गर्न ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।” दुर्गालाल केसीको भिडियो रिपोर्ट 

स्टीलका घर : भूकम्पपछि बनिरहेका नयाँ धराप

कंक्रिटका आरसीसी भवनभन्दा बलियो हुने र छिटोछरितो पनि बन्ने भन्दै २०७२ को भूकम्पपछि आवासीय भवनदेखि धेरैतिर स्टीलका भवन बनाउन थालियो । मापदण्ड पालना नगरी जथाभावी निर्माण भइरहेका ती भवन नयाँ धराप बनिरहेका छन्, कसरी ? Story Article: https://cijnepal.org.np/cij-8/

धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएको सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन् । जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दैछ भन्ने खुलासा ।

रोकिएन चुरे दोहनः गिटी–बालुवा भन्दा सस्तो जीवन ! Video

एक वर्ष अगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाईंमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन ।

 सशस्त्र द्वन्द्वमा मारिएका, घरबास गुमाएका र घाइते भएकालाई बसोबास गराउन दाङ, रुकुम, रोल्पा र सल्यानमा चारवटा नमूना वस्ती बनाउन सरकारले दिएको रु.२० करोड ती गाउँकै टाठाबाठा माओवादीले कसरी सके ? डेढ दशकपछि कर्तुतबारे पीडितहरूले मुख खोलेका छन् ।