Print Friendly, PDF & Email

बाँदरमुढे बस विस्फोट सम्बन्धी घटनाका बारेमा हाल चलिरहेको राजनीतिक व्याख्या र विश्लेषणले सो घटनालाई सामान्य राजनीतिक गल्तीको रूपमा स्थापित गरेको छ । यसै आधारमा यस घटनालाई पनि द्वन्द्वकालीन अन्य सामान्य घटनाको फेहरिस्तमा राखिएको छ । तर यो घटना द्वन्द्वकालीन अन्य घटना भन्दा भिन्न प्रकृतिको छ । बाँदरमुढे बस विस्फोटको घटनामा परेका पीडितहरूमा देखिएका असरहरूले यस्तै संकेत दिएका छन् ।
 

-नारायण ढुंगाना: खोज पत्रकारिता केन्द्र

 

PDF को लागि यहाँ CLICK गर्नुहोला ।

PDF(पारदर्शी दैनिक)को लागि यहाँ CLICK गर्नुहोला ।

                 bishnumaya ki chori ghaite susmita bk     ganga gurung ko tasbir herdai bridda aama lalshree    ghaite bishnumaya bk

              ghaite man kumari kashtri ra unka chora asis    ghatana pachi manasik santulan gumayaka ghaite bishnu maya bika ka shriman chandra bahadur    mritak afanta ko tasbir herdai  nama prasad

प्रकाशित समाचारको लागि: http://www.himalkhabar.com/?p=83241

वर्षअघि, चितवनको विकट वस्ती माडीको बाँदरमुढे खोलामा माओवादीका कार्यकर्ताहरूले यात्रुले खचाखच भरिएको एउटा बसलाई शक्तिशाली बमको एम्बुसमा पारेर भयङ्कर विस्फोट गराएका थिए । जो बाँदरमुढे घटना भनेर चिनियो । सरकारी रेकर्ड अनुसार, बाँदरमुढे घटनामा ३८ को ज्यान गयो, ५२ जना घाइते भए । तर, बाँदरमुढे स्मारकमा ३८ जना मृतक र ७५ जना घाइतेको नाम राखिएको छ ।

छतमा र भित्र समेत गरी करीब १३० जना यात्रु बोकेको सो बस अचानक विस्फोटमा पर्दा केही फीट माथि उछिट्टिएर थचारिएको थियो । यति धेरै वजन भएको बसलाई उचालेर पछार्ने शक्ति भएको सो बम चानचुने थिएन । हाल प्राप्त जानकारी अनुसार, सो बमको वजन नै ७० किलोग्राम भन्दामाथि थियो । ठूलै बाकसमा राखिएको सो बम चुरेको खहरेको गेग्य्रान खनेर लुकाउन नै चार÷पाँच घण्टा लागेको थियो । झ्ण्डै ३०० मीटर टाढासम्म खहरेमा खाल्टो खनेर रिमोट कन्ट्रोलको तार लगिएको थियो । यस काममा माओवादीका चितवन जिल्ला कमिटीका कार्यकर्ताहरू संलग्न थिए । उनीहरूले यो काम हेडक्वाटरकै आदेशमा भएको बताएका छन् । जो सामान्य त्रास फैलाउने राजनीतिक उद्देश्यले मात्र नभएर दीर्घकालीन आतङ्क फैलाउनमा केन्द्रित थियो । घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाए भने घाइते भई बाँचिरहेका ७ बालबालिकाले कठोर पीडा झ्ेलिरहेका छन् ।

बालबालिकामा गम्भीर असर

२३ जेठ २०६२ सोमबार, आफ्नी आमा मनकुमारीसँगै विस्फोटमा परेर बाँचेका आशिष क्षेत्री अहिले १३ वर्षका भए । उनी कक्षा ६ मा पढ्छन् । तर सामान्य बालबालिका जस्ता छैनन् । उनी भन्छन्, “मलाई त जहिले पनि टाउको दुःखिरहन्छ । पढ्न–सम्झ्न सक्तिनँ ।” आशिषको टाउको वरिपरि रिङ लगाएको जस्तो गहिरो घाउको खाटा बसेको छ । भन्छन्, “यही घाउ दुःखेर पढ्न, खेल्न केही गर्न सक्तिनँ ।”

त्यस दिन चितवन माडीकी मनकुमारी क्षेत्री आफ्नो चारवर्षे छोरो आशिष क्षेत्रीलाई लिएर माडी—नारायणगढ चल्ने ना १ ख ३२४५ नम्बरको यात्रुबसमा चढिन् । उनी आफ्नो पाठेघरको उपचार गराउन नारायणगढ जान लागेकी थिइन् । त्यो बस बिहान करीब ८ः३० बजेतिर बाँदरमुढे खोला तर्न लाग्दा बारुदी धरापमा पर्न गयो । बसमा भएका अन्य यात्रुसहित मनकुमारीका आमा–छोरा उछिट्टिए । उनीहरू दुवैको भेट भरतपुरको पुरानो मेडिकल कलेजमा भयो । त्यहाँ १२ दिनको सघन उपचारपछि मनकुमारीको होश खुल्यो, तर आशिषको होश खुल्न १५ दिन लाग्यो ।

आशिषकी आमा मनकुमारी (४५) भन्छिन्, “छोराको हालत खराब छ । म बहिरो बनेकी छु, गर्धन चलाउन सक्तिनँ, ढाड सोझे हुँदैन ।” मनकुमारीले उपचार खर्च बापत रु.१२ हजार पाएकी छिन् । उनी न्यूनतम घाइते अपाङ्गको सूचीमा परेकीले रु.४० हजार राहत पाएकी छन् ।

तर सरकारी सूचीमा आशिषको नाम भने ३९औं नम्बरको मृतकको सूचीमा राखिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको वेबसाइटमा पनि यिनको नाम मृतकको सूचीमा छ ।

यसैले आशिषले न त उपचार खर्च पाए, न घाइतेले पाउने राहत रकम । नियम अनुसार उनले छात्रवृत्ति पनि पाउनुपर्ने थियो, त्यो पाउन पनि कम सकस भएन ।

जिल्ला प्रशासन कार्यालय चितवनले ६ पुस २०६४ शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई पत्र लेखेर आशिषको लागि छात्रवृत्ति माग गरेको थियो । तर मन्त्रालयले उनको नाम मृतकको सूचीमा रहेको देखाएर छात्रवृत्ति दिएन ।

१४ असार २०६९ मा स्थानीय शान्ति समितिले चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर आशिषलाई द्वन्द्व पीडित राहत उपलब्ध गराउन सिफारिश गरिदियो । तर केही उपलब्धि भएन । लामो प्रयासपछि मन्त्रालयले आशिषलाई वार्षिक रु.३४ हजार पाउने गरी छात्रवृत्ति दियो । तर उनको नाम भने मृतकको सूचीमै देखा परिरहेको छ ।
मनकुमारी भन्छिन्, “छात्रवृत्तिले पढ्ने होइन, राम्रो उपचार नपाएसम्म छोराले पढ्न सक्तैन । जीवनभर दुःख पाउने भो ।”

११ महीनाकी छोरी सुस्मितासहित बाँदरमुढे घटनामा परेकी अयोध्यापुरी गणेशगञ्जकी विष्णुमाया विकको भरतपुर अस्पतालमा होश खुल्दा दाहिने खुट्टा भाँचिएको, टाउको फुटेको र दाँत झ्रेको थियो । नाबालिग सुस्मिताको घुँडा खुस्किएको थियो । श्रीमती र छोरी गम्भीर घाइते भएपछि चन्द्रबहादुरले मानसिक सन्तुलन गुमाए । विष्णुमाया भन्छिन्, “आफैंलाई ठूलो समस्या छ, आफ्नो छोरीको र श्रीमान्को उपचार गर्नुपर्ने भारी बोक्नुपरेको छ । मगज बिग्रेका श्रीमान्ले कान्छो छोरो मनिषको टाउको फुटाइदिएर अर्को भार थपिएको छ । बाँच्नै मुश्किल छ । कसैको उपचार गर्न सकेकी छैन । हाम्रो दुःख कहिल्यै नसिद्धिने भो ।”  

विष्णुले पनि रु.४० हजार राहत पाइन् । उनीसँगै घाइते भएकी सुस्मितालाई चाहिं राहत तथा उपचार खर्च दिइएन । विष्णुमाया भन्छिन्, “छोरीको उपचार गर्न सकिएन । त्यही पीर गर्दा डाक्टरले मलाई मानसिक रोगको औषधि खान दियो । प्रेसर बढेपछि छाडें । अहिले पनि भर्खरै देखेको मान्छे चिन्दिनँ, दिमाग दुःखिरहन्छ, बस देख्दा थर्थरी काम छुट्छ । बाँदरमुढे खोला पुग्दा आङ जिरिङ्ग हुन्छ । छोरीको हालत देख्दा अत्यास लाग्छ । अझ् श्रीमान्को त्यो हालत !”

बाँदरमुढे घटनामा पाँच महीनाकी छोरीसहित परेकी खैरहनीकी लक्ष्मी पौडेलको ढाड भाँचिएको थियो । उनकी छोरी प्रसिद्धी बालुवामा पुरिएकी थिइन् । उनीसँगै रहेकी हजुरआमा गोमाको टाउको फुटेको थियो । प्रसिद्धी अहिले ९ वर्षकी भइन् । उनी तनहुँको वाराही बोर्डिङमा ४ कक्षामा पढ्छिन् । उनका बुबा प्रेम भन्छन्, “छोरी त तर्सिरहन्छे, पढ्नै सक्तिनँ । उसबेला चोट लागेको खुट्टा दुखेर हिंड्न पनि सक्तिनँ ।” लक्ष्मी र उनकी छोरी प्रसिद्धी घटना पीडित भए पनि उनीहरूको नाम राहत पाउनेको सूचीमा छैन ।

विस्फोटमा परी घाइते भएका ६ जना बालबालिका—आशिष क्षेत्री, सुस्मिता विक, प्रसिद्धी पौडेल सहित सुदीप विक, विवेक बराइली र पुजन लामिछाने आदि स्कूल त जान्छन् तर पढ्न, लेख्न र खेल्न सक्तैनन् । तिनको स्थिति सामान्य छैन ।

बाँदरमुढे विस्फोटमा थप सात जना बालबालिकाको ज्यान गएको थियो । भरतपुर–५ का दुई वर्षीय आशिष बराइली, अयोध्यापुरीकी दुई वर्षकी सुष्मा कार्की, कल्याणपुरका डेढ वर्षीय रवि तिवारी, झपा घर भई गोपालनगर मावली आएका नौ वर्षकी दीपा र उनकी पाँच वर्षकी बहिनी दीपिका लम्साल, कल्याणपुर–५ का तीन वर्षीय निश्चल सापकोटा र अयोध्यापुरीकै १६ वर्षीय मीना प्रजा ज्यान गुमाउने बालबालिका थिए ।  

पीडित मानसिक ट्रमामा

माडी कल्याणपुरका वृद्ध नमप्रसाद घिमिरे गुमेको परिवार सम्झ्ेर अझ्ै टोलाउँछन् । घटनामा परी उनका दुई भाइहरू लक्ष्मीकान्त घिमिरे र पशुपतिनाथ अपाङ्ग भए भने एउटा छोरा विष्णु, छोरी र ज्वाईं, दुई नातिनी र साली समेत ६ जनाले ज्यान गुमाए । परिवारका यति धेरै सदस्य गुमाउनु परेकोले नमप्रसादकी श्रीमती खिमामाया (६२) मा पनि बारम्बार मानसिक असन्तुलन देखा पर्ने गरेको छ ।

छोरा, छोरी, ज्वाईं, नातिनी र साली समेतको मृत्यु भएको, दुई भाइ अपाङ्ग भएका र श्रीमती पनि मानसिक रोगी भएपछि समस्यामा परेका वृद्ध नमप्रसाद भन्छन्, “मेरो त सबै बर्बाद भयो ।”

माडी अयोध्यापुरी–६ बाह्रघरेका तीलबहादुर प्रजाकी बहिनी मीना प्रजा र बुबा फुर्के प्रजा पनि माडी विस्फोटमा परेका थिए । तीलबहादुर सम्झ्न्छन्, “म छतमा थिएँ, गाडी पड्केर उछिट्टिएपछि पुलमुनि पुगेछु । मेरो ढाड खुस्किएको थियो । बा र बहिनी मरिसकेका थिए । ज्वाईंको आन्द्राभुँडी निस्किएको थियो । त्यो सम्झ्ँदा अहिले पनि मुटु फुल्छ, सास रोकिन्छ र ढल्छु ।”

तीलबहादुरलाई उठबस गर्न गाह्रो हुन्छ । उनले भने, “मर्नेलाई भन्दा बाँच्नेलाई कष्ट हुँदोरहेछ । केही काम गर्न नसक्दा ठूलो निराशा हुँदोरहेछ ।”

अयोध्यापुरी–७ की सीता सुवेदी श्रीमान् आत्मराम र छोरी अञ्जली सुवेदीसहित घटनामा परेकी थिइन् । श्रीमान् र छोरी बिते, उनी आफैं घाइते छिन् । २३ जेठ २०७१ बाँदरमुढे घटनाको १०औं वार्षिकीको दिन घटनास्थलमा भेटिएकी सीताले भनिन्, “बाँदरमुढे खोलामा आउँदा मेरो मुटु काँप्छ । गुमाएको परिवारको सम्झ्ना आउँदा होश नै हराउँछु ।” श्रीमान् आत्मराम सुवेदी र छोरी अञ्जलीलाई सदाका लागि गुमाएकी सीताले राहत रकम पनि पाइनन् । सीताले २१ साउन २०६९ मा द्वन्द्व पीडित भनेर प्रमाणित गरे पनि अहिलेसम्म उपचार खर्च तथा राहत पाएकी छैनन् । भन्छिन्, “सरकारले लावारिस जस्तो बनाइदिंदा झ्न् कष्ट हुँदोरहेछ ।

बुहारी रेनु र नाति आशिष गुमाएका अनि अर्को घाइते नाति पालेर बसिरहेका भरतपुर–५ लंकुका ७६ वर्षीय वृद्धा मानबहादुर बराइलीले बुहारी र नाति आशिषको नाममा डेढ÷डेढ लाख रुपैयाँका दरले राहत पाएको बताए । तर घाइते नाति विवेकका लागि भने उपचार खर्च पनि पाएनन् । श्रीमती र एउटा छोरो गुमाएका र अर्को छोरो घाइते भएपछि मानबहादुरका छोरा प्रेम बराइली घर छाडेर विदेश गए । मानबहादुरले बताए, “मृतकको र घाइतेको नामको राहत लिन दौडधुप गर्न घर आएको थियो । पाँच महीना लगाएर सबै कागज बुझउँदा पनि राहत पाइएन । अनि विरक्तिएर फेरि विदेश गयो । धेरै वर्ष भइसक्यो, फर्किएको छैन । म बूढो मान्छे घाइते नाति स्याहारेर बसिरहेको छु ।”

बाँदरमुढे विस्फोटमा परेका कल्याणपुर–४ का ईश्वरीप्रसाद पौडेल दम्पती दुवैले मानसिक समस्या भोगिरहेका छन् । उनीहरूले दुःखेसो गरे, “घटनामा परे पनि प्रशासनले कागज बनाइदिएन । नक्कली द्वन्द्वपीडित भनेर दुःख दिए । सिडिओ गणेशराज कार्कीकहाँ उजुरी गरें । उनले भूलचुक भएको भने तर केही गरेनन् । अहिले त फाइलै हरायो भन्छन् ।” पौडेलले २०६२ सालमा पहिलो फाइल पेश गरेका थिए । त्यसको कुनै सुनुवाइ नभएपछि ११ जेठ २०६५ मा थप प्रमाण राखेर अर्काे फाइल पेश गरे । त्यो फाइल पनि हराएपछि २०६६÷६७ मा स्थानीय शान्ति समिति मार्फत अर्को फाइल पेश गरे । तैपनि  सुनुवाइ भएन । उनी दुःखेसो पोख्छन्, “३१ साउन २०६९ मा प्रमाण पु¥याएर पेश गरेको फाइलका १४ प्रमाणमध्ये ११ प्रमाण प्रशासनबाटै हराइदिएछन् ।” तैपनि उनले प्रयास छोडेनन् । २३ माघ २०६९ चितवन प्रशासनले फाइल मन्त्रालय पठाएको छ, त्यहीं जानू भनेर १०÷६१० को चलानी नम्बर दियो । त्यो लिएर उनी ९ माघ २०७० मन्त्रालय पुगे । मन्त्रालयका कर्मचारी मानप्रसाद श्रेष्ठले कुनै फाइल नआएको जानकारी दिएपछि उनी झ्स्किए । उनी भन्छन्, “राहतका लागि दौड्दादौड्दै रु.३० हजारभन्दा बढी खर्च भयो । मलाई त पागलै बनाइदिए ।”
११ असार २०६९ मा चितवनको भरतपुर अस्पतालमा जँचाउँदा डा. महेन्द्रराज न्यौपानेले पौडेललाई ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ भन्ने लक्षण देखाएर औषधि खुवाइरहेका छन् । यो रोग मानसिक बिरामीहरूलाई हुने गर्छ ।

माडी कल्याणपुर–५, कीर्तनपुर देवीकोटका ५४ वर्षका पूर्णबहादुर घर्ती जिसी घटनाका बेला बसको हुटमा बसेर यात्रा गरिरहेका थिए । अस्पतालमा ९ दिनपछि उनको होश आएको थियो । उनको करङ तीन ठाउँमा भाँचिएर भित्र रगत जमेको थियो । गोलीगाँठो पनि फुटेको थियो । भन्छन्, “उपचार गराउँदा रु.३ लाख जति खर्च भयो । उपचारका  निम्ति साढे १० कठ्ठा जमीन बेचिसकें । सरकारले केही दिएन । अब असक्त भएपछि घरखर्च चलाउनै धौ–धौ छ, म त ज्यादै निराश छु ।”

श्रीमती बुद्धि जीसीले भनिन्, “घटना हुँदा जेठी छोरी सम्झ्ना १२ कक्षाको जाँच दिएर बसेकी थिई । बुबा घटनामा परेपछि उसको पढाइ अगाडि बढाउन सकिएन, ठूलो छोरा अशोकले बीएको पढाइ छोड्नु प¥यो ।

खाटाभित्रको पीडा

अयोध्यापुरी–२ देवेन्द्रपुरका लेखनाथ अधिकारी ‘कृष्ण’ बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष हुन् । छतमा रहेका बेला बम विस्फोटमा परेका उनी होशमा आउँदा भोलिपल्ट बिहान सैनिक अस्पताल छाउनीमा थिए । ढाड र दुईवटै खुट्टा भाँचिएर गम्भीर चोट लागेका उनी २४ दिन आर्मी अस्पतालमा बसे । ९ महीना बेडरेष्ट, डेढ वर्ष ह्वीलचेयर, चार वर्ष बैसाखीमा बिताएका उनको उपचारमा रु.६ लाख खर्च भएको छ । तर, सरकारले उपचार खर्च दिएको छैन ।

उनी अहिले जेनतेन हिंडडुल गर्न सक्छन् । तर काम गर्न सक्दैनन् । गह्रुँगो सामान उठाउन सक्दैनन् । भन्छन्, “सुत्ने बेला सास फेर्न गाह्रो हुन्छ । देव्रे गोलीगाँठोमा राखिएको स्टीलले दुखाउँछ । छातीको देव्रे करङ पनि उठेको छ, त्यो सधैं दुखिरहन्छ ।” अधिकारीले दुःखेसो गरे, “औषधि खाँदाखाँदा आमाशय नै बिग्रिसकेछ । धेरै सम्पत्ति बेचिसकें, अब त केही उपाय छैन ।”

शान्ति समितिका अनुसार बाँदरमुढे स्मारकमा नाम खोपिएका घाइतेमध्ये ४५ जनाले कुनै राहत पाएका छैनन् । मृतकमध्ये चितवन घर भएका दुई जनाका परिवारले तोके अनुसार राहत पाएनन् भने दुई जनाले राहत लिए÷नलिएको कुनै रेकर्ड छैन ।

आत्महत्या सम्म…

बाँदरमुढे विस्फोटमा परेकाको उद्धार गर्दा अयोध्यापुरी–२ का गंगाबहादुर गुरुङको विस्फोटका कारण टाउकोमा चोट लागेको थियो । तर, उनले उपचार गराएनन् । उनले डेढ वर्षसम्म घटनाको चर्चा गरिरहँदा पछि एकोहोरो हुँदै गए । केही समयपछि दिमागी सन्तुलन गुमाए । श्रीमती श्रीमाया गुरुङले भनिन्, “बाँदरमुढे भन्दाभन्दै उनको दिमागै बिग्रिएछ । धादिङको भसेरीमा बसेका उनको बुबाको मृत्यु हुँदा काजकिरिया गर्न गएका बेला बेसुरमै कात्तिक २०६४ मा बूढीगण्डकीमा हामफालेर आत्महत्या गरे । गंगाबहादुरकी वृद्धा आमा लालश्रीले भनिन्, “बाँदरमुढे भन्दाभन्दै छोरो बहुलायो र गण्डकीमा हामफाल्योे । बाँदरमुढेले कतिको के हालत गर्ने हो, भन्न सकिंदैन ।”

समाधान के छ ?

बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी ‘कृष्ण’ भन्छन्, “पीडितलाई उचित न्याय दिने काम सरकारले गर्नुपर्छ । अहिले त घाउ, चित्तदुखाइ र केही मागको लागि केही गर्दा पनि द्वन्द्वको पीडालाई मत्थर पार्दै लैजान सजिलो पर्छ । तर समय घर्किंदै गएपछि, पीडा बल्झ्ँदै जान सक्छ ।”

राहत नपुगेकालाई राहत, उपचार नपुगेकालाई उपचार र स्याहार नपुगेकालाई स्याहार पु¥याउने व्यवस्था सरकारका तर्फबाट हुनसके समाधानको मार्ग पहिल्याउन गाह्रो हुने छैन ।

[५–२१ भदौ, २०७१ (21-27 Sept. 2014)को हिमाल खबर पत्रिकामा प्रकाशित]