सेन्छेलुङ् लिम्बु , (खोपके) काठमाडौं
तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५–६६ को बजेट मार्फत ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ स्थापना गरेर बेरोजगार युवा तथा तिनका अभिभावकबाट वाहवाही लुटेका थिए । एकीकृत माओवादीका उपाध्यक्ष उनै भट्टराई प्रधानमन्त्री भएपछि कोष माओवादी कार्यकर्ताको पोल्टामा पुगेको छ । गत वर्ष मंसिरदेखि फागुनसम्म चार महीनामा मात्रै उनीहरूले कोषबाट १३ करोड रुपैयाँ लगिसकेका छन् ।
‘परम्परागत सीप भएका कामी, सार्की, दमाई, धिमाल, राजवंशी लगायतका समुदायको जीवनस्तर माथि उकास्न सहुलियत रुपमा ऋण दिई स्वरोजगार गराउनु’ कोषको घोषित उद्देश्य हो । यसले उनीहरूलाई सोझै ऋण नदिई बैंक तथा सहकारी मार्फत दिने प्रावधान राखिएको छ । यसै अन्तर्गत माओवादी नेता र कार्यकर्ताद्वारा संचालित तीनवटा सहकारीलाई १३ करोड रुपैयाँ दिइएको हो । त्यो रकम विभिन्न कामको बहानामा उनीहरूबीच बाँडचुँड भएको छ । भनिएको, वास्तविक काम कसैले गरेका छैनन् ।
केही नयाँ बैंक र सहकारीहरू गरी कोषले हालसम्म २९ वटा वित्तीय संस्थाहरूसँग कारोबार गरिरहेको छ । तिनले कोषबाट ७ प्रतिशत व्याजदरमा रकम लिएर १४ देखि १६ प्रतिशतसम्ममा लगानी गरिरहेका छन् । अझ कतिले त २४ प्रतिशत व्याजसमेत लिने गरेको स्वीकार्छन्, भट्टराई सरकारले नियुक्त गरेका कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी । कोषबाट दिइएको रकम बैंक वा सहकारीले १२ प्रतिशतभन्दा बढी ब्याजदरमा लगाउन नपाउने नियम उनलाई कण्ठ छ । तर, उनी नियम पालन गराउन उत्सुक देखिंदैनन्, न त दिइएको रकम सदुपयोग भए–नभएको अनुगमन गर्न नै उनलाई चासो छ ।
माओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघले संचालन गरेको ‘मजदूर शहीद स्मृति उपभोक्ता सहकारी संस्था’ (शहीद स्मृति) लाई कोषले २०६८ मंसिर १ गते पाँच करोड रुपैयाँ उपलब्ध गरायो । यो सहकारी, महासंघका महासचिव गणेशप्रसाद रेग्मीको अध्यक्षतामा २०६६ मंसिर २५ गते काठमाडौंमा दर्ता भएको थियो । यसैगरी ‘हिमशिखर बचत तथा ऋण सहकारी संस्था’ (हिमशिखर) लाई २०६८ मंसिर ५ गते दुई करोड र २०६८ फागुन ३० गते तीन करोड गरी पाँच करोड रुपैयाँ दिइयो । यो सहकारी पनि माओवादीकै राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिवप्रसाद कट्टेलको नेतृत्वमा २०६५ चैत २ गते ललितपुरमा दर्ता गरिएको थियो । यसैबीच गुल्मीमा माओवादी नेता तथा कार्यकर्ताले चलाएको ‘मधुवन बचत तथा ऋण सहकारी संस्था’लाई २०६८ मंसिर ७ गते कोषले तीन करोड रुपैयाँ प्रदान ग¥यो ।
रकम पुग्यो नेताको खल्तीमा
शहीद स्मृतिले पैसा हात पारेपछि यसका पदाधिकारीहरू हतार–हतार ऋण लिन तम्सिए । उपाध्यक्ष धनबहादुर विकले (जो अखिल नपाल औद्योगिक मजदूर संघका अध्यक्ष हुन्) खाद्यान्न सामग्रीको थोक तथा खुद्रा व्यवसाय गर्ने भनेर एक लाख २० हजार रुपैयाँ लिए । सचिव प्रकाश श्रेष्ठले (जो अखिल नेपाल होटल तथा रेस्टुराँ मजदूर संघका उपाध्यक्ष हुन् ) ८० हजार रुपैयाँ हात पारे । कोषध्यक्ष सोमबहादुर तामाङले (जो अखिल नेपाल यातायात मजदूर संघका पनि कोषाध्यक्ष हुन्) ८० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी संचालक समितिकी सदस्य उषा देवकोटाले (जो अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी अध्यक्ष हुन्) व्यावसायिक बंगुर पालन गर्ने भनेर एक लाख ५० हजार रुपैयाँ लिइन् ।
यसै क्रममा अखिल नेपाल ट्र्ेड युनियन महासंघका उपमहासचिव जगतबहादुर सिंखडाले खाद्य सामग्रीको थोक तथा खुद्रा बिक्री–वितरण गर्ने भनेर शहीद स्मृतिबाट ८० हजार रुपैयाँ प्राप्त गरे । महासंघकै अर्का उपमहासचिव राजन तिमिल्सिनाले गाईपालन गर्न भनेर एकलाख २० हजार रुपैयाँ र ‘मजदूर शहीद स्मृति क्लब’का अध्यक्ष बाबुराम गौतमले खेलकूद सामग्रीको थोक तथा खुद्रा बिक्री गर्न भनेर एकलाख ६५ हजार रुपैयाँ हात पारे । यी सातै जना माओवादीको नेवा राज्य समिति÷सचिवालयका सदस्य हुन् (बक्स १ हेर्नुहोस्) । यीमध्ये कोही बेरोजगार होइन जबकि कोषको नियमावली अुनसार बेरोजगार व्यक्तिलाई मात्रै ऋण उपलब्ध गराउनुपर्छ ।
सहकारीको लर्को
२०६८ मंसिर १२ गते एकै दिन शहीद स्मृतिले माओवादी नेता÷कार्यकर्ताका दुई समूहलाई मोटो रकम उपलब्ध गरायो । बाबुराम गौतम अगुवा रहेको १२ जनाको समूहलाई काठमाडौं, खिचापोखरीमा ‘खेलकूद सामग्रीको थोक तथा खुद्रा बिक्री गर्ने’ नाममा प्रतिव्यक्ति एकलाख ६५ हजार रुपैयाँका दरले १९ लाख ८० हजार रुपैयाँ दिइएको थियो (बक्स २ हेर्नुहोस्) । तर उनीहरूले २०६९ जेठ मसान्तसम्म त्यस्तो पसल खोलेका थिएनन् । बाबुरामको भनाइ थियो, ‘चिनियाँ सप्लायरले ढिलाइ गरेकाले पसल खोल्न सकिएन ।’ त्यो सप्लायरको नाम भने उनले बताउन सकेनन् । यसैबीच यो समूहले (२०६८ फागुन ३ गते) २० लाख रुपैयाँ शेयर पूँजी भएको ‘सक्रिय मजदूर उपभोक्ता सहकारी संस्था’ खोलिसकेको थियो ।
त्यस दिन शहीद स्मृतिबाट रकम पाउने अर्को समूह २५ सदस्यीय थियो जसका अगुवा थिए जगतबहादुर सिम्खडा । काठमाडौं, गोंगबु बसपार्क नजिक खाद्य सामग्रीको थोक तथा खुद्रा बिक्री गर्ने नाममा प्रतिव्यक्ति ८० हजारका दरले यस समूहलाई २० लाख रुपैयाँ दिइएको थियो (बक्स ३ हेर्नुहोस्) । शहीद स्मृतिका कोषाध्यक्ष सोमबहादुर तामाङले यसै समूह मार्फत ८० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस समूहले पनि हालसम्म त्यस्तो पसल खोलेको छैन । समूहका वरिष्ठ सदस्य राजेन्द्र शर्माको भनाइ थियो, ‘हामीले बस पार्क भित्रैको पेट्रोल पम्पमा लगानी गरेका छौं ।’ यो समूहले पनि (२०६८ पुस ८ गते) चार लाख रुपैयाँ शेयर पूँजी देखाएर ‘मजदूर शहीद स्मृति श्रम सहकारी संस्था’ खोलिसकेको थियो ।
कोषको पैसा लिएर उस्तै उस्तै नामका सहकारी खोल्नेहरूको लर्को लामै छ । ‘खाद्य सामग्रीको थोक तथा खुद्रा बिक्री गर्ने’ भन्दै शहीद स्मृतिबाट प्रतिव्यक्ति ८० हजारका दरले २० लाख रुपैयाँ पाउने कुमारप्रसाद पन्तको अगुवाइमा रहेको २५ जनाको समूहले पनि निर्धारित काम गरेन । बरु २०६८ माघ १२ गते ‘मजदूर उपभोक्ता सहकारी संस्था’ दर्ता ग¥यो जसको शेयर पूँजी १६ लाख ५० हजार रुपैयाँ देखाइएको छ ।
ललितपुरको विशंखुनारायणमा बंगुरपालन गर्ने भनेर उषा देवकोटाको २५ सदस्यीय समूहले पनि शहीद स्मृतिबाटै जनही डेढ लाखको दरले ३७ लाख ५० हजार रुपैयाँ लगेको थियो (बक्स ४ हेर्नुहोस्) । यसले पनि बंगुर पाल्ने काम गरेन । त्यसको सट्टा (२०६८ फागुन ९ गते) ‘अखिल नेपाल ट्रेड युनियन महासंघ कृषि सहकारी संस्था’ दर्ता ग¥यो जसका अध्यक्ष थिए माओवादी टे«ड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल ।
यसैगरी ललितपुर उपमहानगरपालिका–१४ मा गाईपालन गर्ने नाममा राजन तिमिल्सिनाको नेतृत्वमा रहेको १७ जनाको समूहले प्रतिव्यक्ति एक लाख २० हजारको दरले २० लाख ४० हजार रुपैयाँ प्राप्त ग¥यो (बक्स ५ हेर्नुहोस्) । शहीद स्मृतिबाटै रकम लिएको यो समूहले पनि गाई पालेन, चार लाख रुपैयाँ शेयर पूँजी रहेको ‘शहीद स्मृति उपभोक्ता सहकारी संस्था’ २०६८ पुस १४ गते दर्ता ग¥यो ।
जसले हान्यो उसले जान्यो
सहकारी विभागले जारी गरेको मापदण्ड अुनसार, कुनै पनि सहकारीले आफू दर्ता भएको जिल्लाभन्दा बाहिर कारोबार गर्न पाउँदैन । तर माओवादी कार्यकर्तालाई कोषको रकम बाँड्ने क्रममा शहीद स्मृति र हिमशिखर दुवै सहकारीले यसको मतलब राखेका छैनन् । काठमाडौंमा दर्ता भएको शहीद स्मृतिले ललितपुरमा काम गर्ने भनेर शालिकराम जमरकट्टेल र राजन तिमिल्सिनाको समूहलाई मात्र होइन, कास्की जिल्लामा समेत एउटा अर्को समूहलाई रकम दिएको छ । पोखरा–९ मा होटल तथा पर्यटन व्यवसाय गर्ने नाममा यसले १७ जनालाई प्रतिव्यक्ति ९० हजारको दरले १५ लाख ३० हजार रुपैयाँ उनीहरूको खल्तीमा हालिदिएको छ ।
ललितपुरमा दर्ता भएको हिमशिखर यस मामिलामा झन् अगाडि छ । यसले नुवाकोटको थानापती गाविसमा बंगुरपालन गर्न भनेर (२०६८ मंसिर १८ र २६ गते) गणेश उप्रेतीसहित २० जनाको समूहलाई जनही डेढ लाखको दरले ३० लाख रुपैयाँ दिएको छ (बक्स ६ हेर्नुहोस्) । यस्तै, भक्तपुरको छालिङमा फोहोर रिसाइकलिङ गर्ने नाममा राजकुमार बस्नेत लगायत चार जनाको समूहलाई (२०६८ मंसिर २२ गते) १–१ लाखको दरले चार लाख रुपैयाँ उपलब्ध गराएको छ (बक्स ७ हेर्नुहोस्) । दुवै समूहले आफ्नो काम शुरु गरेका छैनन् । काठमाडौं, मैतिदेवीमा सामूहिक फोटो व्यवसाय गर्ने भनेर (२०६८ मंसिर १५ गते) हिमशिखरबाटै नारायण खरेल लगायत सात जनाको समूहले प्रतिव्यक्ति एक लाखको दरले सात लाख रुपैयाँ लगेको थियो (बक्स ८ हेर्नुहोस्) । यसले पनि आफ्नो काम गरेको छैन । माओवादीको राष्ट्रिय फोटो व्यवसायी संघका अध्यक्ष खरेल भन्छन्– जम्मा सात लाखले नयाँ व्यवसाय थाल्न सकिएन । त्यसैले (तीनवर्ष अघिदेखि चलिरहेको) पिक्सल डिजिटल ल्याबमा लगानी गरेका छौं ।
भक्तपुर, सूर्यविनायकका बिनु श्रेष्ठ र प्रीति खड्काले काठमाडौं, बांगेमूढामा फेशन व्यवसाय गर्न भनेर (२०६८ मंसीर २९ गते) हिमशिखरबाट तीन लाख रुपैयाँ लगेका थिए । तिनले बांगेमूढामा कुनै व्यवसाय गरेका छैनन् । बिनु भन्छिन्, ‘हामीले पसल सूर्यविनायक लगेका छौं ।’ अझ रमाइलो त के भने हिमशिखरले बजारमा कतै नदेखिने ‘डेरी सन्देश’ पत्रिकाको नाममा पनि बाबुराम अधिकारी नामक व्यक्तिलाई एकलाख रुपैयाँ दिएको छ ।
शहीद स्मृति र हिमशिखर दुवैले बाँडेको रकम माओवादी कार्यकर्ता र तिनका समर्थक बाहेक अरुको भागमा परेको देखिंदैन । यसरी रकम लिनेहरूले निर्धारित काम नगरी रकम पचाउने अथवा त्यसबाट बेग्लै सहकारी खोल्ने लगायतका गतिविधि गरेका छन् जो कोषको नियम अनुसार दण्डनीय कार्य हो । तर ‘राजनीति पनि जोडिएकाले’ यसरी गएको रकमको अनुगमन नगरिएको बताउँछन् ललितपुर डिभिजन सहकारी कार्यालयका अधिकृत शशिकुमार लम्साल । काठमाडौं डिभिजनका हाकिमहरूले भनाइ छ– कोषले सहकारीलाई रकम दिएको हो । त्यसलाई ठीकसँग लगानी गर्ने जिम्मेवारी पनि उसैको हो ।
बैंकहरूको बेग्लै मोज
ठूला, पुराना र प्रतिष्ठित बैंकहरूसँग कोषले कारोबार गरेको छैन । नयाँ र सानातिना थुप्रै बैंकहरू कोषबाट सात प्रतिशत ब्याजमा रकम लिने र त्यसलाई १४देखि १८ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेर सात देखि ११ प्रतिशतसम्म चोखो नाफा खाने धन्दामा लागेका छन् । कोषको उद्देश्य अनुसार पिछडिएका युवाहरूमा स्वरोजगार बढाउने काममा लगानी गर्नु उनीहरूको प्राथमिकतामा परेको छैन । सबैजसो बैंकको प्रतिक्रिया एकै खालको छ– पहिलेदेखि चलाउँदै आएको बैंकको कार्यक्रममा असर पर्ने भएकाले कोषको उद्देश्य अनुरुप लगानी गर्न नसकिएको हो । मानौं, कोषबाट करोडौंको रकम लिंदा बैंकहरूलाई आफ्नो कार्यक्रमबारे थाहै हुँदैन, वर्षौंसम्म मोटो ब्याज कमाइसकेपछि बल्ल बुद्धि खुल्छ !
किष्ट बैंकले कोषबाट २०६६ वैशाख ५ मा १० करोड रुपैयाँ लिएको थियो । त्यसमध्ये ३० लाख कोषको उद्देश्य अनुरुप लगानी ग¥यो र बाँकी ९ करोड ७० लाख रुपैयाँ दुई वर्षसम्म होल्ड गरेर (ब्याज खाएर) बस्यो । २०६८ जेठमा त्यसमध्ये पाँच करोड रुपैयाँ कोषलाई फिर्ता गरेको छ भने बाँकी चार करोड ७० लाख रुपैयाँ आजसम्म पनि ‘होल्ड’ गरिरहेको छ ।
२०६८ असार ३ गते कोषबाट एक करोड रुपैयाँ लिने संझौता गरेको थियो राइजिङ डेभलपमेन्ट बैंकले । उसले वर्षको अन्त्यसम्ममा त्यसमध्ये ९० लाख रुपैयाँ ‘मात्र’ १८ प्रतिशत ब्याजदरमा लगानी गरेको तथ्याङ्क दिएको छ । असार २० गते कोषबाट ६० लाख रुपैयाँ लगेको टुरिज्म डेभलपमेन्ट बैंकले पनि १६ प्रतिशतसम्मको ब्याजदरमा २९ लाख रुपैंयाँ मात्र ऋण लगानी गरेको देखाएको छ । असार ३० गते कोषबाट ९० लाख रुपैयाँ लिएको फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले भने पाँच महीनासम्म रकम ‘होल्ड’ गरेर फिर्ता दिएको छ ।
कोषबाट रकम लिएर ‘होल्ड’ गर्ने र व्याज खाने धन्दा साँच्चै फस्टाएको छ । २०६८ असार ३ गते कोषबाट ६० लाख रुपैयाँ हात पारेको मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकले चैत मसान्तसम्म रकम ‘होल्ड’ गरिरहेकै थियो । साउन ११ गते पाँच करोडका लागि संझौता गरेर तत्काल ९० लाख रुपैयाँ लिएको पश्चिमाञ्चल ग्रामीण विकास बैंकले पनि त्यही बाटो समायो । असार १७ गते एक करोडको संझौता गरेर ३० लाख रुपैयाँ प्राप्त गरेको हाम्रो विकास बैंकले त्यसमध्ये १७ लाख रुपैयाँ वर्षभरि ‘होल्ड’ गरिरह्यो । असार २८ गते दुई करोडको संझौता गरेर एक करोड २० लाख रुपैयाँ हात पारेको राष्ट्रिय सहकारी बैंकले ६० लाख रुपैयाँ चैत मसान्तसम्मै होल्ड गरिरहेको थियो । साउन १३ गते ९० लाख रुपैयाँ प्राप्त गरेको जनउत्थान सामुदायिक लघुवित्त बैंक पनि त्यो रकम कोषको उद्देश्य बमोजिम लगानी नगरी ढुक्कसँग ‘होल्ड’ गरेर बसेको छ ।
२०६८ को अन्त्यसम्ममा कोषबाट तीनवटा सहकारी र १८ वटा बैंकले गरी कुल ४५ करोड ९९ लाख रुपैयाँ लगिसकेका छन् । त्यसमध्ये नगण्य मात्र रकम उद्देश्य अनुरुप लगानी भएको छ । अधिकांश रकम कि माओवादीको पोल्टामा पुगेको छ, कि बैंकहरूका निम्ति महँगो ब्याजदरमा लगानी गरेर सुतीसुती करोडौं ब्याज कमाउने माध्यम बनेको छ । काठमाडौं, ललितपुर र गुल्मीका तीन सहकारीहरू मार्फत प्राप्त भएको १३ करोड रुपैयाँ माओवादी नेता–कार्यकर्ताको महाभोजमा परिणत भएको छ ।
डरलाग्दो यक्षप्रश्न
युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई सरकारले चार आर्थिक वर्षमा बजेट मार्फत एक अर्ब ३६ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । यसका साथै बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने तीन प्रतिशत रकम कोषको नाममा जम्मा गर्नुपर्ने प्रावधान अनुसार थप तीन अर्ब ५७ करोड रुपैयाँ जम्मा भइसकेको, कोषले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यसरी कोषको खातामा आइसकेको चार अर्ब ९३ करोड रुपैयाँमध्ये करीब ४६ करोड रुपैयाँमात्र उसले बैंक र सहकारीमार्फत ‘छरेको’ देखिन्छ । प्रश्न उठ्छ, कोषसँग रहेको बाँकी अर्बौंको रकम कहाँ छ ?
हुन त आर्थिक वर्ष २०६५÷६६ देखि नै कोषमा आन्तरिक लेखा परीक्षक (अडिटर) नियुक्त गरिंदै आएका छन्, तर तिनलाई पनि यसबारे थाहा दिइएको छैन । निकै घोर–घमासानपछि त्यो रकम १०० भन्दा बढी निजी वित्तीय संस्था (सहकारी र साना बैंक)हरूमा गोप्य रुपमा राखिएको थाहा भएको छ । सरकारी कोषको रकम सरकारी बैंकहरूमा खाता खोलेर राख्नुपर्ने प्रावधानलाई बेवास्ता गर्ने कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले अरु त अरु, अडिटरलाई समेत तिनको नामावली उपलब्ध गराएका छैनन् । ती कस्ता वित्तीय संस्था हुन् र तिनबाट प्राप्त हुने करोडौंको ब्याज कसको पोल्टामा पुगिरहेको छ अनि तिनमा राखिएको रकम सुरक्षित रहने के ग्यारेन्टी छ जस्ता डरलाग्दा यक्षप्रश्नहरूले अब कोषको पीछा गर्न थालेका छन् ।
भट्टराई सरकारका अर्थमन्त्री वर्षमान पुन कोषको रकम ‘व्यापक दुरुपयोग भएको’ स्वीकार्छन् । तर त्यसो गर्ने पदाधिकारी र संस्थालाई कारबाही गर्न उनले चासो देखाएका छैनन् । नयाँ बजेट आउने बेला भएको छ । बरु उनी कोषलाई थप रकम दिने चाँजोपाँजो मिलाउँदै होलान् । पैसा नपाए कार्यकर्ताले खेमा बदल्न सक्छन् भन्ने उनलाई जति कसलाई थाहा होला ?
बक्स १
ऋण पाउने पार्टीमा संलग्नता रकम रु.
प्रकाश श्रेष्ठ नेवाः राज्य समिति सदस्य ८० हजार
उषा देवकोटा नेवाः राज्य सचिवालय सदस्य १लाख ५० हजार
राजन तिमल्सिना नेवाः राज्य समिति सदस्य १लाख २० हजार
बाबुराम गौतम नेवाः राज्य सचिवालय सदस्य १लाख ६५ हजार
जगत बहादुर सिंखडा नेवाः राज्य सचिवालय सदस्य ८० हजार
सोमबहादुर तामाङ नेवाः राज्य समिति सदस्य ८० हजार
धन बहादुर विक नेवाः राज्य सचिवालय सदस्य १लाख २० हजार
बक्स २
रकम लैजानेहरू व्यवसायको ठेगाना रकम रु.
बाबुराम गौतम खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
ओज कुमार शिवा खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
माधव पाण्डे खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
राजेश जोशी खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
जनक प्रसाद बर्तोला खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
उद्धवराज त्रिपाठी खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
विनोद खतिवडा खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
तिलेन्द्र थापामगर खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
रमेश श्रेष्ठ खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
झलक श्रेष्ठ खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
अमिन तामाङ खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
केशव थापा खिचापोखरी–२३, काठमाडौं १ लाख ६५ हजार
बक्स ३
रकम लैजानेहरू व्यवसायको ठेगाना रकम रु.
जगत बहादुर सिंखडा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
घनश्याम ठकुरी नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
गीता खरेल नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
शरदबाबु सुवेदी नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
कृष्ण बहादुर पाण्डे नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
ईन्दिरा शर्मा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
शिव प्रसाद पोख्रेल नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
छत्र बहादुर बस्नेत नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
भक्त बहादुर मगर नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
दुर्गा अधिकारी नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
जोगमान लामा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
झलक बहादुर कार्की नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
तेज प्रसाद ढुंगना नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
विष्णु गुरुङ नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
श्रीप्रसाद गुरुङ नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
पुरुषोत्तम सिंखडा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
भागवत प्रसाद दाहाल नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
कृष्ण प्रसाद पाण्डे नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
गणेश सिंखडा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
डम्बरसिंह ठकुरी नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
तेज नारायण घताने नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
बम बहादुर कार्की नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
रामचन्द्र कार्की नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
राजेन्द्र शर्मा नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
सोम बहादुर तामाङ नयाँ बसपार्क–२९, काठमाडौं ८० हजार
बक्स ४
रकम दिने सहकारी रकम लैजानेहरू व्यवसायको ठेगाना रकम रु.
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं उषा देवकोटा बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं युवराज लुइटेल बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं देव बहादुर तामाङ बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं हर्क बहादुर माझी बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं नगेन्द्र दाहाल बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं रामचन्द्र रिजाल बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं लोक बहादुर गुरुङ बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं हस्तकला चलाउने बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं विष्णु प्रसाद न्यौपाने बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं यादव बहादुर मगर बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं भुवन खत्री बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं शलिकराम महर बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं सुरज नेपाली बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं उत्तम कुमार लामा बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं कमल बहादुर धिमाल बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं शर्मिला गौतम बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं राजेश तामाङ बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं लालमाया सितान बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं सावित्री परियार बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं चीना कुमारी राना बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं गजुर मान राई बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं नविन दोङ लामा बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं मीरा कुमारी फूयाल बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं कमल बहादुर भण्डारी बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
मजदूर शहीद स्मृति उपभोक्ता सहकारी, काठमाडौं श्रीराम अधिकारी बिशंखुनारायण–५, ललितपुर १ लाख ५० पचास
बक्स ५
रकम लैजानेहरू व्यवसायको ठेगाना रकम रु.
राजन तिमल्सिना ललितपुर–१४ १ लाख २० हजार
प्रदिपलाल तामाङ ललितपुर–१४ १ लाख २० हजार
पासाङ लामा ललितपुर–१४ १ लाख २० हजार
सूर्य बहादुर सिंजाली ललितपुर–१४ १ लाख २० हजार
दिनेशराज खरेल ललितपुर–१४ १ लाख २० हजार
तिलक बहादुर कार्की ललितपुर–१४ १ लाख २० हजार
मदन कुमार राई ललितपुर–१४ १ लाख २० हजार
तुलक बहादुर मगर ललितपुर–१४ १ लाख २० हजार
मान कुमार तामाङ ललितपुर–१४ १ लाख २० हजार
देवी प्रसाद खनाल ललितपुर–१४ १ लाख २० हजार
गणेश बहादुर घिसिङ ललितपुर–१४ १ लाख २० हजार
उमानाथ चौलागाई ललितपुर–१४ १ लाख २० हजार
सरिता थिङ ललितपुर–१४ १ लाख २० हजार
पुरन्दर गुरुङ ललितपुर–१४ १ लाख २० हजार
रोशन घिमिरे ललितपुर–१४ १ लाख २० हजार
शेर बहादुर तामाङ ललितपुर–१४ १ लाख २० हजार
हेम बहादुर राई ललितपुर–१४ १ लाख २० हजार
बक्स ६
रकम लैजानेहरू व्यवसायको ठेगाना रकम रु.
गणेश उप्रेती थानापती–७, नुवाकोट १ लाख ५० हजार
कृष्ण बहादुर तिमिल्सिना थानापती–७, नुवाकोट १ लाख ५० हजार
भवनाथ बञ्जारा थानापती–७, नुवाकोट १ लाख ५० हजार
भिम बहादुर ढुंगाना थानापती–७, नुवाकोट १ लाख ५० हजार
बम बहादुर डाँगी थानापती–७, नुवाकोट १ लाख ५० हजार
प्रेम उप्रेती थानापती–७, नुवाकोट १ लाख ५० हजार
मुक्तिनाथ चौलागाई थानापती–७, नुवाकोट १ लाख ५० हजार
गंगा कट्टेल थानापती–७, नुवाकोट १ लाख ५० हजार
मंगल बहादुर तामाङ थानापती–७, नुवाकोट १ लाख ५० हजार
बुद्धचिता लामा थानापती–७, नुवाकोट १ लाख ५० हजार
सरस्वती बञ्जारा थानापती–७, नुवाकोट १ लाख ५० हजार
सुस्मिता कट्टेल थानापती–७, नुवाकोट १ लाख ५० हजार
शकुन्तला डाँगी थानापती–७, नुवाकोट १ लाख ५० हजार
धनमाया खड्का थानापती–७, नुवाकोट १ लाख ५० हजार
मीना तिमिल्सिना थानापती–७, नुवाकोट १ लाख ५० हजार
अनिता श्रेष्ठ थानापती–७, नुवाकोट १ लाख ५० हजार
आकृति घोरासैनी थानापती–७, नुवाकोट १ लाख ५० हजार
भगवती अधिकारी थानापती–७, नुवाकोट १ लाख ५० हजार
शर्मिला तिमिल्सिना थानापती–७, नुवाकोट १ लाख ५० हजार
सुनिता घिमिरे थानापती–७, नुवाकोट १ लाख ५० हजार
बक्स ७
रकम लैजाने व्यवसाय रकम रु.
राजकुमार बस्नेत उन्नत रिसाइकलिङ १लाख
सुरेन्द्र राई उन्नत रिसाइकलिङ १लाख
सन्तोषदेवी राई उन्नत रिसाइकलिङ १लाख
भुमिकला विष्ट उन्नत रिसाइकलिङ १लाख
बक्स ८
रकम लैजानेहरू व्यवसाय रकम रु.
नारायण खरेल सामूहिक फोटो १ लाख
बसन्ती भुसाल सामूहिक फोटो १ लाख
बालमुकुन्द अधिकारी सामूहिक फोटो १ लाख
उद्धव पीली बोगटी सामूहिक फोटोे १ लाख
रविन राज देवकोटा सामूहिक फोटो १ लाख
उपेन्द्र दाहाल सामुहिक फोटो १ लाख
रामकृष्ण खड्गी सामुहिक फोटो १ लाख
कारोबार दैनिकमा प्रकाशित