प्यान्डोरा पेपर्स

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।

कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।

रामु सापकोटा | खोज पत्रकारिता केन्द्र

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्‍याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको छ ।

रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको | खोज पत्रकारिता केन्द्र

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । 

कृष्ण आचार्य र रामु सापकोटा  खोज पत्रकारिता केन्द्र

प्यान्डोरा पेपर्सः असमानता विरुद्‌ध को शुरूआती लडाइँ

अफशोर कम्पनी मार्फत गरिने कारोबारमा प्रयोग हुने मूलतः कालो धन नै हो । जुन प्रायशः कर छली र भ्रष्टाचारबाट सिर्जना भएको हुन्छ । यस्तो कारोबारकै कारण शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत मुलुकका तल्लो तहका नागरिकसम्म सेवा पुर्‍याउने राष्ट्रिय क्षमतामा ह्रास गराइरहेको छ ।

सम्पादकीय

‘अफशोर संसारले गरीबी बढाउँछ’

–जेरार्ड रायल, निर्देशक आईसीआईजे हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं ।  यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा […]

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा ।

कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र