November, 2014

now browsing by month

 
Nepaljung story photo1

नेपालगञ्ज दंगा—२०६३ : नागरिक समाजको निर्णायक भूमिका

एउटा राजनीतिक पार्टीले आफ्नो अस्तित्व र शक्ति प्रदर्शन गर्न खोज्दा पार्टीका नयाँ कार्यकर्ताहरूबाट हुन गएको दम्भ प्रदर्शनले मध्यपश्चिम नेपालको सदरमुकाम नेपालगञ्जमा देश नै हल्लाउने गरी हिंसात्मक दंगा फैलियो । आठ वर्षअघिको यस दंगामा एक युवकले अनाहकमा ज्यान गुमाए, कैयौं घाइते भए, धेरै भौतिक क्षति भयो । पाँच वटा धर्म मान्ने मानव समूहको बसोबास रहेको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक शहर नेपालगञ्जमा भएको त्यस बर्बादीको कारण भने धार्मिक र साम्प्रदायिक थिएन, राजनीतिक थियो । प्रशासन र प्रहरीले १०/१२ जना युवाहरूलाई बेलैमा सम्झाइ–बुझाइ गर्न सकेको भए सम्भवतः त्यो घटना टर्ने थियो । तर नागरिक समाज सचेत र सक्रिय भएकोले घटनाले संहारकारी रूप लिन पाएन । नेपालगञ्जको नागरिक समाजको जस्तै अन्य स्थानका नागरिक समाजले पनि दायित्वबोध गर्ने हो भने हिंसात्मक द्वन्द्व न्यूनीकरण गर्न कठिनाइ हुने छैन । 

– वसन्त उपाध्याय : खोज पत्रकारिता केन्द्र

Read More

वन्य–स्रोतको लागि द्वन्द्व

सप्तरीमा वन कर्मचारी, काठ तस्कर, प्रहरी र उपभोक्ता समितिका पदाधिकारीबीच काठ तस्करीबाट हुने आम्दानीका लागि हुने गरेको आपसी कलह र द्वन्द्वले हिंसात्मक रूप लिएको छ । वन जोगाउने जिम्मा पाएकाहरूबाट भएका अनियमितताको कारणले सप्तरीको वन त सखाप पारेकै छ, काटिएका काठ पनि बाँकी छैनन् । त्यसले भ्रष्टाचार र हिंसाकोे जालो पनि फैलाउँदै गएको छ । वन तस्करीलाई समयमै नरोक्ने हो भने सामाजिक हिंसाले भयंकर रूप लिने सम्भावना देखिएको छ ।

-श्रवणकुमार देव: खोज पत्रकारिता केन्द्र

Read More

एकल पहिचानसहितको संघीयता : कीर्तिपुरे माग र संविधानसभा

स्वतन्त्र राज्य गुमेपछि कीर्तिपुरवासीले चलाएकोे राज्य पुनप्र्राप्तिको अभियान अहिले नेवाः स्वायत्त प्रदेशको मागमा पुगेर अडिएको छ । कीर्तिपुरेहरू पृथ्वीनारायण शाहसँगको हारको बदला नेवाः स्वायत्त प्रदेश प्राप्त गरेर लिने निरन्तर अभियानमा छन् । त्यसैले कीर्तिपुरेको माग र राजनीति एकल पहिचानसहितको संविधानका पक्षधर समूहको प्रतिनिधि आवाज बन्न पुगेको छ । दोस्रो संविधानसभाका सदस्यहरू र कीर्तिपुरेबीच यसै मुद्दामा राजनीतिक द्वन्द्व चलिरहेको छ । यसै द्वन्द्वको भुमरीबाट निस्कने निष्कर्ष र सहमतिबाट ‘नेपालको संविधान’ को निर्माण र संक्रमणकाल समाप्त भएर शान्तिकाल शुरू हुनेछ ।  

-भानु बोखिम: खोज पत्रकारिता केन्द्र

Read More