August, 2014

now browsing by month

 

शंकाको जगमा हिंसाको खेल

पाण्डुसेन–७ अगाउपानीकी ४० वर्षीय रेउली सार्कीलाई २०५९ साल कार्तिक ७ गते बज्रपात प¥यो । त्यसदिन उनको श्रीमान काशी सार्की राज्यपक्षको आक्रमणमा परी मारिए । यसै दिन पाण्डुसेन गाविसमा सेना र प्रहरीको आक्रमणमा परी ८ जना सर्वसाधारणको सामुहिक हत्या भयो ।

-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्र

Read More
badi village

सुकुम्बासी र मुक्त कमैयाको नाममा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो

कैलालीमा नक्कली सुकुम्बासी, मुक्त कमैया र भूमाफियाले सार्वजनिक र वन क्षेत्रको जग्गा कब्जा गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमणको यो महारोग अब वन तथा भूमिसूधार कार्यालयको पहलमा रोकिन नसक्ने अवस्थामा पुगेको छ । देशका राजनीतिक दलहरूले भोट र कार्यकर्ता बढाउन दोहोरो भूमिका खेलिरहेकाले यो समस्या कहिल्यै नटुंगिने गरी बल्झिएको छ ।

-गणेश चौधरी: खोज पत्रकारिता केन्द्र

Read More

नियण्त्रणकारी ऐनको दुरुपयोग हुनाले तराईमा आतङ्क र अपराध निरन्तर

धेरै पहिले डाँकुहरुबाट सुरक्षित हुनाकालागि तराईका जमिन्दारहरुले घरेलु हतियार राख्थे । राजा महेन्द्रले “कू” गरेपछि तराईमा राजनीति गर्नेहरुले अवैध हतियार भित्राए । तराईको राजनीतिक माग पूरा गराउन उसबेला रामजी मिश्र समेतले तराई मुक्ति मोर्चाको गठन गरेर अवैध हतियार भित्राएका थिए । उनी जून १९६३मा प्रहरीद्वारा मारिए । यसपछि अवैध हतियार […]Read More

व्यवसायिक बन्दैछन् पूर्व लडाकू

२०५८ सालदेखि करिब १० वर्षसम्म तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा बिताएका ललितपुर इकुडोलका प्रवीण थापा मगर २ वर्षदेखि ललितपुरको चापागाँउमा बंगुर पालेर बसेका छन् । जनमुक्ति सेनामा कम्पनी कमाण्डर रहेका थापाले स्वेच्छिक अवकास लिंदा ६ लाख रुपैयाँ पाएका थिए । यसमा केही ऋण पनि थपेर १२ लाख रुपैयाँको लगानीमा शुरू गरेको बंगुर फर्ममा अहिले माउ र बच्चा गरेर ४० वटा बंगुर छन् । यहि व्यवसायबाट वर्षको ४ लाखसम्म कमाउन थालेको उनले बताए ।

-कमल पराजुली : खोज पत्रकारिता केन्द्र   

Read More

पीडितको घाउ, चर्किएको घर र स्कूल पुनर्स्थापन गर

देशमा चलेको सशस्त्र द्वन्द्वकालमा विद्रोही वा राज्य जुनसुकै पक्षबाट पीडित भएका नागरिकलाई राज्यले राहत दिने कुरा ठूलो स्वरमा उरालियो । देशमा द्वन्द्व न्यूनीकरण गर्ने भनेर पीडितका नाममा छुट्ट्याइएको राहत रकम टाठाबाठाले जिप्ट्याइदिए । तिनले राज्यकोषमा ब्रम्हलूट मच्चाएका हुनाले विस्थापितहरू पुनर्स्थापित हुन सकेनन् । त्यसैले लमजुङमा द्वन्द्वको पीडा ज्यूँकात्यूँ छ ।

-युवराज श्रेष्ठ: खोज पत्रकारिता केन्द्र

Read More

सुदूरपश्चिम : घनावन मासिएपछि, बस्ती बन्यो बगर

२०५९ सालमा आफ्नो गाउँ रङगुनबाट खाडी मुलुक ओमानको टलेक्स कम्पनीमा काम गर्न गएका जोगबुढाका खडक भाट ५वर्षपछि २०६४ असोजमा घर फर्कँदा उनले आफ्नो गाउँ पत्ता लगाउनै सकेनन् । गाउँ भेट्टाएपछि पनि घर भेट्टाउन सकेनन् । उनले भने—मेरो १७ रोपनी जमिन र घर त बगर पो भैसकेको रहेछ ।”

-चित्रांग थापा: खोज पत्रकारिता केन्द्र

Read More

नेपाल जलवायु परिवर्तन : हिमालमा खतरा, बजेट जति अलपत्र

सौरभ ढकाल (खोज पत्रकारिता केन्द्र )- जलवायु परिवर्तनबाट नेपालमा पर्न सक्ने प्राकृतिक विपत्ति र संकटबाट बच्न, बचाउन र वातावरण अनुकूलन हुनाका लागि दिईने सूचना र जनतामा सचेतना जागृत गराउन भनेर विभिन्न दातृ निकायले सरकारलाई करिव १४ अरब (१४ करोड ४७ लाख अमेरिकी डलर) बजेट दिएका छन् । यसबाट विभिन्न नामका परियोजना […]Read More

बलात्कार : पीडितमाथि कानूनी बोझ

बलात्कार जस्तो अपराधलाई समाजमा पैसाको लेनदेन गरेर मिलाउनु झनै ठूलो अपराध हो । तर यसरी बलात्कारका अपराधहरुलाई पीडक र पीडितबीच मिलापत्र गराई समाजमा नै मिलाइएका थुपै्र उदाहरणहरू छन् । कतिपय पीडितहरु समाजलाई चुनौती दिंदै अदालतमा पनि पुगेका छन् । कानूनले तोकेको समयभन्दा केही ढिला भएपनि अदालतले मुद्दा हेरिदिने गरेको छ […]Read More