July, 2014

now browsing by month

 

जाली नोटको धारले सदरुलको हत्या

२०७० जेठ ६ गते सप्तरी क्षेत्र नं ५का सभासद् सदरुल मियाँ हकको हत्या भयो । घटना हुनु भन्दा ६ महिना अघिदेखि उनलाई कसैले मार्ने धम्की दिईरहेको थियो । सभासद सदरुलले पटक पटक जानकारी दिँदा पनि स्थानीय प्रहरीले वेवास्ता गरेपछि उनले आफै सुरक्षा व्यवस्था गरेका थिए । उनको सुरक्षाका लागि जुन दिन निजि सुरक्षा गार्ड आए, त्यसै दिन राती उनको हत्या भयो । प्रहरीले यस घटनालाई सामान्य मामिला बनाएर औपचारिकता पुरा ग¥यो । तर हत्याका मुख्य आरोपीलाई आजसम्म खोजेको छैन । प्रहरीले सदरुल हकले प्रयोग गर्ने गरेको फोन नं.९७४११६३६४०को कल डिटेल्स समेत छानविन गरेन । जसबाट उसलाई मार्ने धम्की दिने मानिस पत्ता लगाउन सहज हुन्थ्यो । खोपकेको अनुसन्धानमा सदरुलको हत्याको योजना भारतीय जेलमा परेका वंगलादेशी नागरिक सुव्रतो विन र उसका नेपाली र भारतीय एजेन्टहरुको वरिपरि घुमेको देखिन्छ ।

-विजयप्रसाद मिश्र: खोज पत्रकारिता केन्द्र

Read More