नवलपरासी द्वन्द्व सानो बीज, ठूलो संहार

दुई सामान्य व्यक्तिबीच एउटा सामान्य जमीनको टुक्राका लागि भएको विवाद ३५ वर्षसम्म सुल्झ्नि नसक्दा नवलपरासीको वर्गदवा गाउँ हिंसाको ज्वालामा पर्न गयो । यो गाउँ उजाड भएको दशक बढी भइसक्यो, तर घटनाका कहालीलाग्दा असर अझ्ै आलै छन् । माओवादी र तत्कालीन सत्ताले बनाएको प्रतिकार समितिले व्यक्तिगत विवादमा हिंस्रक राजनीति गर्दा गाउँका निमुखाहरूले परिवार र सर्वस्व गुमाए । जसको परिपूर्ति कतैबाट हुन सक्दैन । तथापि शान्ति फर्कने संभावना भने कायमै छ ।

-कल्पना भट्टराई: खोज पत्रकारिता केन्द्र