जातीय भूगोलको राजनीति: नेतालाई लाभ, जनतालाई सास्ती

पञ्चायतकालमा राजनीतिक लाभका लागि जातीय आधारमा भूगोलको बाँडफाँड गर्दा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका सीमा परिवर्तन गरिए । त्यसबाट नेताहरूले त लाभ उठाए, तर नागरिकहरू अहिलेसम्म पनि विचल्लीमा परेका छन् । राज्य पुनर्संरचना गर्ने अभियानमा लागेका संविधानकर्मीहरूले अब पनि जातीय आधारमा भूगोलको विभाजन गरे भने त्यसको परिणाम पनि जनताले कष्ट उठाएरै तिर्नुपर्ने किसिमको हुन सक्छ ।

-पी.टी. लोप्चन: खोज पत्रकारिता केन्द्र