पीडितको घाउ, चर्किएको घर र स्कूल पुनर्स्थापन गर

देशमा चलेको सशस्त्र द्वन्द्वकालमा विद्रोही वा राज्य जुनसुकै पक्षबाट पीडित भएका नागरिकलाई राज्यले राहत दिने कुरा ठूलो स्वरमा उरालियो । देशमा द्वन्द्व न्यूनीकरण गर्ने भनेर पीडितका नाममा छुट्ट्याइएको राहत रकम टाठाबाठाले जिप्ट्याइदिए । तिनले राज्यकोषमा ब्रम्हलूट मच्चाएका हुनाले विस्थापितहरू पुनर्स्थापित हुन सकेनन् । त्यसैले लमजुङमा द्वन्द्वको पीडा ज्यूँकात्यूँ छ ।

-युवराज श्रेष्ठ: खोज पत्रकारिता केन्द्र