डा.कृष्ण भट्टचनको पत्र खोपकेलाई

सम्पादकज्यू,

खोज पत्रकारिता केन्द्र, जावलाखेल, ललितपुर ।

खोज पत्रकारिता केन्द्रका लागि प्रमोद आचार्यले २९ भदौ २०७३ मा नेपाली भाषामा प्रकाशित ‘त्रिविमा थेसिसको खरीदबिक्री : नाम चलेका प्राध्यापकदेखि फोटोकपी पसलेसम्म’ र अंग्रेजी भाषामा तयार पारी प्रकाशित गरिएको ‘थेसिस अन् सेल’ शीर्षकका खोज समाचार र प्रसारण भएको भिडियोमा मेरो नाम तीनवटा प्रसंगमा उल्लेख भएको पाइएकोले यी तिनै प्रसंगका सम्बन्धमा मेरो गम्भीर चासो र आपत्ति छ ।