चार सूचनाका लागि चार महीना : ‘अर्को आइतवार आउनुस् !’

सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र का लागि पत्रकार निमा काफ्लेले प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा चार वटा सूचना माग्न चार महीना धाउँदा भोगेको हैरानी ।

निमा काफ्ले: खोज पत्रकारिता केन्द्रका लागि