घटना अध्ययन

बेनीको सातो लिने विकास आयोजना

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पाँच वर्षदेखि बनिरहेको म्याग्दीको बेनी–अर्थुङ्गे–तोरीपानी कृषि सडक जसले अहिले पनि आकाशमा बादल मडारिनासाथ घरभित्र सुतेका बेनीवासीको सातो लिन्छ । विकास र समृद्धिको आधार भनिने सडक विपत्तिको कारक बन्न सक्छ, कसरी ?

-घनश्याम खड्का: खोज पत्रकारिता केन्द्रका लागि

चार सूचनाका लागि चार महीना : ‘अर्को आइतवार आउनुस् !’

सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र का लागि पत्रकार निमा काफ्लेले प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा चार वटा सूचना माग्न चार महीना धाउँदा भोगेको हैरानी ।

निमा काफ्ले: खोज पत्रकारिता केन्द्रका लागि

‘सूटर’हरू झण्डावाल गाडीमा

जनकपुरको शिवचोकमा अरुण सिंघानियालाई गोली हानेर ढालेपछि चार जना ‘सूटर’ राज्यमन्त्री संजय साहको झण्डावाल गाडी चढेर काठमाडौं आएका थिए ।

-नवीन झा: खोज पत्रकारिता केन्द्रका लागि
 

मोसो पखालियो, अपमान पखालिएन

कार्यकारी अधिकृत सापकोटामाथि एक बर्ष अघि दलिएको कालोमोसो नेपालमा राजनीतिक दलहरुले जथाभावी लिने निर्णय र त्यसले व्यक्तिको मर्यादामा हदैसम्म गर्नसक्ने हमलाको एउटा उदाहरण थियो । चितवनका दलहरूको प्रतिष्ठा र परिपक्वतामाथि त यसले भविष्यसम्म पनि प्रश्न उठाइरहनेछ ।


-एकल सिलवाल: खोज पत्रकारिता केन्द्र