खोज रिपोर्ट

बलात्कारको अपराध: टाढा छ न्याय

सामाजिक संरचनामा शक्तिशाली रहेका अभियुक्तको दबाव र प्रलोभनबाट बयान फेर्न बाध्य पीडित महिलालाई जेल पठाउने अदालतका आदेशहरूले यौन हिंसामा उजुरी गर्नै डराउनुपर्ने अवस्था निम्तिएको छ। अर्कोतर्फ ‘बलात्कारमा बार्गेनिङ’ गर्ने नयाँ प्रवृत्ति विकसित भएको छ, जसले पीडितको न्याय प्राप्तिको लडाइँलाई थप कठिन बनाएको छ।

दुर्गालाल केसी | खाेज पत्रकारिता केन्द्र

अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या

अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।

रिता लम्साल | खाेज पत्रकारिता केन्द्र

ढक्का शिविरका ‘अनागरिक’

४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका बेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका आरक्ष पीडितको कथाः

उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र

सुब्बाको अस्वाभाविक कमाइः शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध

कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का लिएर व्यवसायमा हात हालेका पूर्व नायव सुब्बा भीमकान्त भण्डारी कसरी पाँच वर्षमै अर्बौंका मालिक हुनपुगे ? शक्तिकेन्द्रसँगको साँठगाँठबाट उनले गरेको अस्वाभाविक व्यवसाय विस्तारबारे खोज रिपोर्ट।

रामु सापकोटा | खाेज पत्रकारिता केन्द्र

कठारको एउटा वस्ती: हिंसा, शोषण र चेतनाहिनताको प्रतीक

चितवनको कठारस्थित माझी वस्ती स्थानीय ठालु र राजनीतिक दलहरूलाई सेवक आपूर्ति गर्ने ‘स्लम’ बनेको छ। बाहिरबाट चिटिक्क देखिने एउटा वस्तीको दुर्दान्त कथा जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्।

प्रतिमा सिलवाल | खाेज पत्रकारिता केन्द्र

‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग

निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र सुरक्षा संयन्त्रबाट प्राप्त हुन्छ। निष्पक्ष निर्वाचनको मर्ममै प्रहार हुने गरी पार्टीहरूले गरिरहेको गुप्तचर संयन्त्रको दुरुपयोगको चिरफार :

रामेश्वर बोहरा | खाेज पत्रकारिता केन्द्र

एकै चट्याङमा सयौं भेडा स्वाहा !

जुम्लाको बाघजालेको लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिंदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ। तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन।

मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र

सरकारी जग्गामा राजनीतिक दल र निकट संस्थाको अनधिकृत कब्जा

राजनीतिक दल र दल निकट संस्थाले सयौं रोपनी सरकारी जग्गा कब्जा गरेका छन्। शक्तिको आडमा जग्गा हत्याएका पहुँचवालालाई बेदखल गर्न भूमि प्रशासनले आँट गरेको छैन।

रमेश कुमार | खाेज पत्रकारिता केन्द्र

विमानस्थलका नाममा ‘लुटिएका’ जनता

धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने तयारीमा छ।

गोपाल दाहाल | खाेज पत्रकारिता केन्द्र

अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट !

बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ ।

कमला गुरुङ | खाेज पत्रकारिता केन्द्र

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा उन्मूलन गर्ने नाममा भइरहेको अथाह लगानी र बनाइएका रणनीतिको परिणाम झन् उदेकलाग्दो छ।

वसन्तप्रताप सिंह (बझाङ), विद्या राई (काठमाडौं) | खाेज पत्रकारिता केन्द्र

स्थानीय तह निर्वाचनको भाष्यः दलीय निर्वाचनमा स्वतन्त्र निर्णायक !

आन्दोलन र परिवर्तनको अगुवाइ गर्ने पार्टीहरूले नयाँ राजनीतिक भाष्य जन्माउँछन्– आम मान्यता यही हो। तर, यस पटकको स्थानीय निर्वाचनले त्यसमा क्रमभंग गर्दै मतदाता मार्फत ‘उम्मेदवार नै निर्णायक’ को भाष्य विकास गरेको छ, जसलाई आउँदो आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूकै निम्ति अकल्पनीय संकट बन्न सक्छ, कसरी ?

रामेश्वर बोहरा, | खाेज पत्रकारिता केन्द्र 

फिनल्याण्डमा गुल्मेलीको धुइरो

सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।

रामु सापकोटा | खाेज पत्रकारिता केन्द्र

युरोप पुग्न ‘मृत्युमार्ग’ छिचोल्दै नेपाली

संगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रीस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो छ।

जनकराज सापकोटा | खाेज पत्रकारिता केन्द्र 

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

मानिस र बस्तुभाउमाथि बाघको आक्रमण बढेसँगै बाँके र बर्दियाका वन नजिक बस्ने समुदायले पशुपालन गर्न छोडेका छन्। आय आर्जनको अर्को विकल्प नहुँदा उनीहरूको आजीविकामै संकट निम्तिएको छ।

मुकेश पोखरेल खाेज पत्रकारिता केन्द्र 

औद्योगिक ग्राम : सुस्त प्रगति, न्यून प्राथमिकता

७४ हजारले रोजगारी पाउने आश देखाइएको औद्योगिक ग्राम स्थापनाको प्रगति निकै सुस्त छ। ग्राम उद्योगहरूलाई तीनै तहका सरकारले उच्च प्राथमिकतामा नराख्दा राज्यको ठूलो लगानी खेर जाने जोखिम छ।

लक्ष्मी सापकोटा | खाेज पत्रकारिता केन्द्र 

कार्यस्थलमा दुर्घटना : बर्सेनि २५० मजदुरको मृत्यु

असुरक्षित कार्यस्थल र सुरक्षा चेतनाको अभावमा निर्माण क्षेत्रमा कार्यरतमध्ये प्रति वर्ष झण्डै २५० जना मजदुरको मृत्यु हुने गरेको छ भने २० हजार जति दुर्घटनामा पर्ने गरेका छन्।

मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र 

उखु किसानलाई तन्नम बनाउने ‘चिनी रोग’

मानव शरीरलाई चिनी रोगले गलाए झैं, सरकारको गलत नीति र उद्योगीको मिचाहा प्रवृत्तिले गुलियो उखुको खेती गर्ने किसानलाई गलाइरहेको छ। मधेश र लुम्बिनी प्रदेशबाट स्थलगत रिपोर्टिङ।

प्रजु पन्त | खाेज पत्रकारिता केन्द्र 

फौजदारी न्याय प्रणालीभित्रकाे कुरुप पाटो: विपन्नलाई ‘धरौटीको पासो’

व्यवस्था फेरिएसँगै मुलुकले फौजदारी न्यायप्रणाली सम्बन्धी कानूनहरूमा समेत आमूल परिवर्तन भयो। तर, तिनै कानूनहरूले तय गरेको बाटो हुनेखानेका लागि लाभदायी, गरीब र विपन्नका लागि भने पासो बनिरहेको छ। फौजदारी न्यायभित्रको गरीबलाई मात्र जेलमा थुन्ने कुरुप पाटोको चिरफारः

तुफान न्यौपाने | खाेज पत्रकारिता केन्द्र 

चुनावका नाममा बेलगाम खर्च : आयोग नै बनाउँदैछ निर्वाचनलाई ‘रमिता’

देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा पनि स्थानीय तह निर्वाचनले बहादुरभवनस्थित आयोगमा दशैं लिएरआयो। निर्वाचनलाई अचाक्ली महँगो बनाउने गरी ढुकुटीमा लामो हात पार्न राज्यसंयन्त्रभित्र मौलाएको आर्थिक अराजकताको चिरफारः

रामजी दाहाल | खाेज पत्रकारिता केन्द्र