खोज रिपोर्ट

कर्णालीः ‘डीपीआर’ को धन्दा

कर्णालीमा स्वार्थ मिलेकालाई पोस्न ठूलो रकम खर्चेर बनाइएका सयौं आयोजनाका डीपीआर त्यसै थन्किएका छन्।

ज्योति कटुवाल | खोज पत्रकारिता केन्द्र 

कठिन हुँदै अन्त्येष्टि

नेपालका अल्पसंख्यक समुदायका लागि शव जलाउने र गाड्ने ठाउँको उपलब्धता तीव्र रूपमा खुम्चिंदो छ।

अलिशा सिंजापति | खोज पत्रकारिता केन्द्र

भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

वन नै विकासको बाधक बनेको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री दाहाल भू–माफियालाई लाभ दिलाउन र कार्यकर्तालाई जग्गा बाँड्न सजिलो हुने गरी ऐन संशोधनको प्रयत्नमा जुटेका छन्।

मुकेश पोखरेल | खोज पत्रकारिता केन्द्र 

उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम

एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन। समुदायको बसोबास हुँदाहुँदै रिक्त यी पदमा उनीहरूको आकर्षण बढाउनु साटो राजनीतिक दल र निर्वाचन आयोग उल्टो बाटो हिंड्दैछन्।

सविना देवकोटा  | खोज पत्रकारिता केन्द्र 

मनोरञ्जनका नाममा हिंसा, शोषण र बेचबिखन

दोहोरी साँझ, कटेज रेस्टुरेन्ट जस्ता क्षेत्रमा काम गर्ने अधिकांश महिला र बालिका विपन्नता र हिंसाबाट मुक्ति खोज्दै यस क्षेत्रमा आइपुग्छन्। तर, सञ्चालककोे कुत्सित मनसाय र कानून कार्यान्वयन गराउने निकायको बेवास्ताका कारण उनीहरू थप शोषणमा पर्छन्। यस्तो शोषण र बेचबिखनमा पर्ने नाबालिगको संख्या अधिक छ।

प्रतिमा सिलवाल र सिन्धु ढकाल | खोज पत्रकारिता केन्द्र 

विमानस्थलको होडबाजीमा १ अर्ब ६७ करोड खर्च

भएका विमानस्थल यात्री अभावमा बन्द भइरहँदा पनि नयाँ विमानस्थल बनाउने होडबाजी निरन्तर चलेकै छ। राज्यको ढुकुटी बित्थामा सुकाउने यो प्रपञ्च किन र कसका लागि ?

वसन्तप्रताप सिंह र विद्या राई | खोज पत्रकारिता केन्द्र 

‘यो चलन हटे हाम्रा छोरीले जिउँदै स्वर्ग देख्थे’

रुकुमपूर्वमा छोट्टी बस्ने र तानीविवाहको विकृत प्रचलनले बालिकाहरू सधैं दबाव, हिंसा र बलात्कारको त्रासमा रहन्छन्। कसले कतिबेला श्रीमती बनाउन तान्ने हो भन्ने डरमा बाँचेका यहाँका बालिकाको जीवन विकासको क्रम नै यो कुप्रथाले अवरुद्ध पारेको छ।

दुर्गालाल केसी | खोज पत्रकारिता केन्द्र 

महिलालाई नागरिकताः अपमान र भुक्तमान

विभेदी राजनीति र सरकारी अधिकारीका कारण थुप्रै नेपाली महिला र तिनका सन्तानले अनागरिक हुनुको पीडा खेपिरहेका छन्। स्त्रीद्वेषी ऐन, कार्यविधिको अभाव र सम्बन्धित अधिकारीको अरुचिका कारण सम्मानित जीवन बाँच्न पाउने नागरिक हक समेत कुण्ठित भइरहेको छ।

अजवी पौड्याल | खोज पत्रकारिता केन्द्र 

हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरुका सन्तान

प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक चार बालिका बलात्कृत हुन्छन्। परिवार र समाजबाट उपेक्षित अधिकांश यी बालिका र उनीहरूका नवजात शिशुप्रतिको दायित्व राज्यले समेत बिर्सिदिएको छ।

दुर्गा राना मगर | खोज पत्रकारिता केन्द्र 

विषादीले जनस्वास्थ्य संकट

नेपालमा ज्यान जाने कारणमध्ये विषादीको दुरुपयोग अग्रस्थानमा पुग्दै छ। सरकारको बेवास्ताकै कारण निम्तिइरहेको यो जनस्वास्थ्य संकट रोक्न अबेर भइसकेको अध्ययनले देखाएको छ।

सागर बुढाथोकी | खोज पत्रकारिता केन्द्र 

‘प्यारालाइज्ड’ अख्तियार

मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्री बनेको छ।

तारा चापागाईं | खोज पत्रकारिता केन्द्र 

मलेशियाबाट श्रमिकको फर्जी माग : करोडौंको सौदाबाजी 

मलेशियामा श्रमिक आयातका लागि फर्जी सम्झौता गरेका केही कम्पनीले त्यसबाट प्राप्त कोटा करोडौंमा बिक्री गरी सयौं नेपाली युवालाई अलपत्र पारेका छन्। दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे विस्तृत खोज।

रामु सापकोटा/खोज पत्रकारिता केन्द्र र एस भिनोथा/मलेशियाकिनी

सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत अवसरबाट वञ्चित हुने अवस्था आउँदैछ। शिक्षामा सबैको सहज पहुँच र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको ऐन लागू हुनुअघि सरकारले आफ्नो दायित्व पूरा नगर्दा हुने ठूलो नोक्सानीबारे गरिएको खोज।

भागीरथी पण्डित | खोज पत्रकारिता केन्द्र 

छोरी जोगाउनै सकस

बौद्धिक अपाङ्गता भएका किशोरीमाथि हिंसाका घटनामा बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश छन्।

दुर्गा राना मगर | खोज पत्रकारिता केन्द्र 

बडिमालिकामा करोडौं खर्च, काम शून्य 

सुदूरपश्चिमको बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा रु.३८ करोड खर्च भएको देखिए पनि त्यहाँ सिन्को भाँचिएको छैन। अझ विडम्बना त यत्रो अनियमितताका लागि कोही पनि जवाफदेही हुनु परेको छैन।

वसन्तप्रताप सिंह/विद्या राई | खोज पत्रकारिता केन्द्र 

अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा

अनधिकृत अनुवाद र नक्कली किताबले नेपाली बजार ढाकिँदा सिर्जनशीलतामा चोट त पुगेको छ नै, यस्तो अनैतिक र गैरकानूनी कार्यबाट पाठक र अर्थतन्त्रमाथि पनि घात भइरहेको छ।

उपेन्द्रराज पाण्डेय | खोज पत्रकारिता केन्द्र 

रबरको ल्याप्चे, सोझासाझाको बिल्लीबाठ

सीमावर्ती भारतीय बजारमा रबरको औंठाछाप बन्न थालेपछि तराईका जिल्लामा सोझासाझाको उठिबास लाग्न थालेको छ। जिल्ला अदालतहरुमा कीर्ते ठगीका मुद्दाको चाङ लाग्दा पनि सरोकारवाला निकायसँग न अनुसन्धानका लागि पर्याप्त क्षमता छ, न त  यसलाई रोक्ने इच्छाशक्ति नै।

सागर चन्द र मनबहादुर बस्नेत | खोज पत्रकारिता केन्द्र

पोखरामा ताल दोहन : अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा

पोखरामा ताल अतिक्रमण गरेर संरचना बनिरहेका छन्। प्रकृतिका यी सुन्दर उपहारहरू भावी पुस्तालाई हस्तान्तरण गर्न चासो लिनु साटो संरक्षणको पक्षमा भएका अदालती आदेशलाई पनि अतिक्रमणकारी र राजनीतिज्ञ मिलेर निष्काम बनाइरहेका छन्।

 स्मिता अधिकारी | खोज पत्रकारिता केन्द्र

सशस्त्र द्वन्द्वको ‘आधार क्षेत्र’मा अमेरिका सपना

दुई दशकअघि ‘अमेरिकी साम्राज्यवाद’ विरुद्धको नारा उराल्दै नेकपा माओवादीले सशस्त्र हिंसाको सुरुआत गरेका गाउँहरू अहिले संगठित मानव तस्करको जालोमा परेका छन्। यसलाई रोक्न न राजनीतिक चासो देखिन्छ न त कानून नै पर्याप्त छ।

जनकराज सापकोटा | खोज पत्रकारिता केन्द्र

वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य

नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने गरी ऋणको भारी बोकाएको वाइडबडी विमान खरिदबिक्रीमा संलग्न प्रमुख व्यक्ति तथा कम्पनीहरुले गरेको अपारदर्शी कारोबारको नयाँ खोज ।

दीपक अधिकारी र रूद्र पंगेनी | खाेज पत्रकारिता केन्द्र