Print Friendly, PDF & Email

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेको व्यक्ति ८ वर्ष जेल बसेर छुटेको भेटियो । यसरी छुट्नेमा धेरैजसो ज्यान मुद्दाका कैदी, डाँका र खाग तस्करीमा संलग्नहरू पनि छन् । पछिल्लो पटक कैद मिनाहामा परेका १०१ जनाको विवरण । 

-राजेश भण्डारी:  खोज पत्रकारिता केन्द्रका लागि  

सरकारले हरेक वर्ष संविधान दिवस, दशैं र गणतन्त्र दिवसमा जेलमा रहेका केही कैदीको बाँकी कैद मिनाहा गरी उनीहरूलाई रिहा गर्ने गर्दछ । २०७३ सालको संविधान दिवस र दशैंमा यसरी क–कसलाई रिहा गरियो भनेर हामीले खोज्यौं । विवरण पत्ता लगाउन सहज भएन । अन्त्यमा हामीले सूचनाको हक प्रयोग गरेर गृह मन्त्रालयमा निवेदन दर्ता ग¥यौं । त्यसपछि मन्त्रालय अनौपचारिक रूपमै हामीलाई यो विवरण उपलब्ध गराउन तयार भयो ।

Centrel jail ka kaidi ko bibaran-min

केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरुको विवरण बोर्ड ।

मन्त्रालयसँग एउटा तयारी फारमको ‘फरम्याट’ हुँदोरहेछ । त्यसमा ‘बाँकी कैद मिनाहा गर्ने प्रयोजनका लागि सो मितिमा तोकिएको घटीमा ४० प्रतिशत कैद भुक्तान गरेका, वृद्ध तथा निको नहुने रोगीको हकमा घटीमा २५ प्रतिशत कैद भुक्तान गरेका कैदीहरूको कैद मिनाहाको लागि जेलर तथा प्रजिअको सिफारिशसहितको विवरण’ भन्ने व्यहोरा उल्लेख हुँदोरहेछ । बाँकी कैद मिनाहाको प्रक्रिया लामो हुँदोरहेछ । जेलर र प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री, मन्त्रिपरिषद्हुँदै राष्ट्रपतिसम्म पुगेर मात्रै यो प्रक्रिया पूरा हुन्छ । २०७३ सालको संविधान दिवस र दशैंमा गरेर कुल ६४४ कैदीले पाएको बाँकी कैद मिनाहा हेरेपछि हामीलाई लाग्यो जतिसुकै लामो भए पनि सजिलै यो प्रक्रिया पूरा गरिंदोरहेछ । यसरी प्रक्रिया पूरा गरेर रिहा हुनेहरू अधिकांश ज्यान मुद्दामा सजाय भोगिरहेका व्यक्तिहरू हुँदा रहेछन् ।   

गृह मन्त्रालयका अधिकारीहरूको औपचारिक भनाइमा सम्बन्धित जिल्लाको जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिशमा यो प्रक्रिया शुरू हुन्छ । जेलरले आफ्नो जेलमा रहेको कैदीको बाँकी कैद मिनाहाका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिश गर्छ । प्रमुख जिल्ला अधिकारले कतिपय फाइल क्षेत्रीय प्रशासन कार्यालयमा पठाउँछन् भने कतिपय सीधै कारागार व्यवस्थापन विभागमा पठाउँछन् । प्रजिअ र जेलरले माफी दिनका लागि सिफारिश गरेको नाम कारागार व्यवस्थापन विभागले रुजु गर्छ । त्यसपछि त्यो फाइल गृह मन्त्रालय जान्छ । गृह प्रशासनको स्वीकृति पछि त्यो फाइल मन्त्रिपरिषद्मा पेश हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि राष्ट्रपति कार्यालय पठाइन्छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका भनाइमा, “राष्ट्रपतिबाट लालमोहर लागेपछि विभागले माफी मिनाहा पाउने कैदीहरूलाई जेलमुक्त गर्न सम्बन्धित कारागारहरूलाई पत्र पठाउँछ र उनीहरू रिहा हुन्छन् ।”

कानूनले अपराधको गम्भीरता हेरेर कैद सजायको व्यवस्था गरेको हुन्छ । ज्यान मुद्दामा नियतवश ज्यान मार्ने कार्यमा संलग्न व्यक्तिलाई अपराधको गम्भीरता हेरी जन्मकैदसम्म हुने व्यवस्था छ । तर यस्ता सबैजसो कैदीहरू आधा पनि कैद नबसी रिहा हुँदा रहेछन् । यसरी आधा सजाय पनि नभोगिकन अपराधी रिहा गर्न जेलर, प्रजिअ, गृहमन्त्री, प्रधानमन्त्रीहुँदै राष्ट्रपति समेत संलग्न हुँदा रहेछन् ।

हामीले प्राप्त गरेको विवरणमा ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएको व्यक्ति ८ वर्षमा रिहा भएको भेटियो । उदाहरण हुन्, इलाम शान्तिपुर–६ का रणदीप गुरुङ । गुरुङलाई ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० वैशाखमा २० वर्ष जेल सजाय हुने फैसला गरेको थियो । २४ भदौ ०६५ मा जेल परेका गुरुङ कैदी पुर्जीमा उल्लेख भएअनुसार २०८५ भदौमा छुट्नुपर्ने थियो तर उनी ११ वर्ष ११ महीना २२ दिन बाँकी छँदै ३ असोज २०७३ मा इलाम कारागारबाट रिहा भए । उनी अपवाद होइनन्, यस्तै गम्भीर अपराधको कसुरमा अदालतले तोकेको कैद अवधिको आधा समय पनि कारागार नबसी रिहा हुने १०१ जनाको विवरण समावेश छ । 

पिडियफ फाएलहरु

२०७३ सालको दशैमा रिहा गरिएका कैदीहरु

पहिलो संविधान दिवसमा रिहा गरिएका कैदीहरु 

सर्वस्वसहित जन्मकैद भएको व्यक्ति ८ वर्षमै रिहा हुनु भनेको के हो ? पूर्व महान्यायाधिवक्ता हरि फुँयाल भन्छन्, “किन बाँकी कैद मिनाहा गरिएको हो र फौजदारी दण्ड नीतिको कुन उद्देश्य प्राप्त गर्न यो काम गरिएको हो भन्ने स्पष्ट हुनुपर्छ ।” उनले भने, “मेरो विचारमा जेलर, प्रजिअ र गृह प्रशासनको स्वविवेकमा भइरहेको यो कामले अपराध नियन्त्रणमा सहयोग पु¥याइरहेको छैन ।” 

१०१ को विवरण

१. ज्वलन भन्ने हर्कमान राई : (आमचोक–६ इलाम) १० वर्ष ९ महीना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २ जेठ २०७३ मा बीस वर्ष कैद हुने फैसला । कैदी पुर्जीमा उल्लेख भए अनुसार हर्कमान २०८४ असारमा छुट्नुपर्ने थियो तर २०७३ असोजमा संविधान दिवसका अवसरमा पाँचथर जेलबाट रिहा । 

२. रणदीप गुरुङ :  (शान्तिपुर–६ इलाम) ११ वर्ष ११ महीना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्चले २०७० वैशाखमा २० वर्ष जेल सजाय तोकेको । २०६५ भदौ २४ गते जेल परेका गुरुङ कैदी पुर्जीमा उल्लेख भएअनुसार २०८५ भदौमा छुट्नुपर्ने थियो । तर ८ वर्ष बसेर २०७३ असोजमा इलाम कारागारबाट रिहा ।

३. धनकुमार राई : (इरौटार–७ इलाम)– ११ वर्ष ९ महीना १८ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतबाट २०६७ चैतमा ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला । ८ वर्ष २ महीना १ दिन जेल बसेर २०७३ असोजमा रिहा । कैदी पुर्जी अनुसार उनी २०८५ साल असारसम्म थुनामा बस्नुपर्ने थियो । 

४. झोला विक : (पत्थरकोट–८ सर्लाही) ११ वर्ष १० महीना ४ दिन बाँकी छँदै रिहा । २०७१ माघमा ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला सुनाएको । तर ८ वर्ष १ महीना बसेपछि २०७३ असोजमा इलाम जेलबाट रिहा । 

५. सुमित्रा खवास : (हरैचा–८ मोरङ) ११ वर्ष ११ महीना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७३ जेठमा २० वर्ष कैद सजायको फैसला । २०६५ भदौमा जेल परेको, कैदी पुर्जी अनुसार २०८५ भदौमा छुट्नुपर्ने तर ८ वर्ष ६ दिन जेल बसेर २०७३ असोजमा झापा कारागारबाट रिहा । 

६. संजय चौधरी : (मेचीनगर नपा–१ झापा) ११ वर्ष १० महीना १ दिन बाँकी छँदै रिहा । २०७३ भदौमा सर्र्वोच्च अदालतले खुनडाँका मुद्दामा २० वर्ष जेल सजाय हुने फैसला सुनाएको । २०६५ साउनमा जेल परेका चौधरी ८ वर्ष १ महीना जेल बसेर २०७३ असोजमा झापा कारगारबाट छुटे । 

७. इन्द्रे भन्ने अंकित उराउ : (मे.न.पा–२ झापा) ११ वर्ष ११ महीना ४ दिन बाँकी छँदै रिहा । खुनडाँका मुद्दामा २०७३ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद सजाय सुनाएको । २०६५ भदौदेखि जेल बसेका उराउ ८ वर्ष जेल बसेर रिहा ।  

८. सुवास राई : (इटहरी–५ सुनसरी)– ११ वर्ष १० महीना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ साउनमा २० वर्ष कैद सजाय सुनाइएको । तर, ८ वर्ष १ महीना जेल बसेर २०७३ असोजमा संखुवासभा कारागारबाट रिहा । 

९. रमेश सार्की : (मूर्ति ढुंगा–७ धनकुटा) ११ वर्ष ११ महीना ९ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०६५ भदौबाट जेल बसेका सार्की ८ वर्ष २१ दिनमा मोरङ कारागारबाट रिहा । 

१०. दिपेश थापा क्षेत्री : (ललितपुर उमनपा–१४) १० वर्ष ११ महीना १३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०६७ चैतमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६४ भदौमा जेल परेका थापा २०८४ भदौमा छुट्नुपर्ने थियो । तर ९ वर्ष जेल बसेर २०७३ असोजमा मोरङबाट रिहा । 

११. झरीलाल चौधरी : (खनार–२ सुनसरी) १० वर्ष ५ महीना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । २०६३ फागुनबाट जेल बसेका चौधरी ९ वर्ष ६ महीना जेल बसेर मोरङबाट रिहा ।

१२. अनिल शेर्पा : (कटहरी–२ मोरङ) १० वर्ष ११ महीना २२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत विराटनगरले २०६९ वैशाखमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ९ वर्ष जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा । 

१३. रन्जु भन्ने संजय दास : (विराटनगर–१५) ११ वर्ष ११ महीना २७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत विराटनगरले २०६९ भदौमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६५ साउनमा जेल परेका दासको २०८५ सालमा मात्रै कैद भुक्तान हुन्थ्यो । तर उनी ८ वर्ष १ महीना जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा भए ।

४. देवीमाया बास्कोटा : (डागीहाट–५ मोरङ) ११ वर्ष ११ महीना १२ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७१ कात्तिकमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । ८ वर्ष जेल बसेर २०७३ असोजमा मोरङ कारागारबाट रिहा । 

१५. हीराबहादुर विक : (भकिम्ली–६ म्याग्दी) ११ वर्ष १ महीना ८ दिन बाँकीछँदै रिहा । ज्यान मुद्दामा २०६८ असारमा सर्वोच्च अदालतले सर्वस्वसहित २० वर्ष कैद गर्ने फैसला गरेको । २०६४ कात्तिकमा जेल परेका बिक ८ वर्ष १० महीनापछी २०७३ असोजमा छुटे ।

१६.पृथ्वी राई ‘कालुराम’ : (डाँडागाउँ–३ खोटाङ) ११ वर्ष ८ महीना ३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान तथा जबरजस्ती चोरी मुद्दामा सर्वोच्च अदालतले २०७२ असारमा सर्वस्वसहित २० वर्ष कैद गर्ने फैसला गरेको । ८ वर्ष ३ महीना जेल बसरे रिहा । 

७. अमृत धामी : (भरौला–३ सुनसरी) १० वर्ष ५ महीना १४ दिन बाँकी छँदै रिहा । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले २०७१ माघमा सर्वस्वसहित जन्मकैदको सजाय तोकेको । तर ९ वर्ष ६ महीना जेल बसेर २०७३ असोजमा  रिहा । 

१८. रामबहादुर बस्नेत : (शिवपुर–७ कपिलवस्तु) ११ वर्ष ५ महीना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६३ भदौमा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको । तर ८ वर्ष ६ महीना जेल बसेर २०७३ असोजमा रिहा ।  

१९. चन्द्र विश्वकर्मा : (साँवा–५ ताप्लेजुङ) ११ वर्ष ७ महीना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६९ असारमा २० वर्ष कैद हुने फैसला । तर, ८ वर्ष ४ महीना जेल बसेर रिहा ।  

२०. शेष बाजुदिन मिया अन्सारी : (भारत मोतिहारी) १० वर्ष २ महीना ११ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौंडाले २० वर्ष कैद गर्ने फैसला । तर ९ वर्ष ९ महीना जेल बसेर रिहा ।  

२१. मजरुद्दिन मियाँ ‘पतरका’ : (रामनगर, सुनसरी) ११ वर्ष ९ महीना ७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६१ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला । २०८५ असारमा छुट्नुपर्ने तर ८ वर्ष २ महीना जेल बसेर २०७३ असोजमा रिहा । 

२२. तेजलाल बुढा : (गाम–९ रोल्पा) १० वर्ष ११ महीना २ दिन बाँकीछँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ पुसमा २० वर्ष कैद गर्ने फैसला । तर ९ वर्ष २८ दिन जेल बसेर २०७३ असोजमा रिहा । 

२३. देवबहादुर राई ‘सुनुवार’ : (नामाडी–९ रामेछाप) ११ वर्ष १० महीना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतबाट २० वर्ष कैद गर्ने फैसला । तर, ८ वर्ष १ महीना जेल बसेर २०७३ असोजमा रिहा ।

२४. निरज खाती : (हरिपुर–१ धनुषा) ११ वर्ष १० महीना ११ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ कात्तिकमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष १ महीना जेल बसेर २०७३ असोजमा रिहा ।

२५. विनोद थापा : (खोटाङ–१ इन्द्रायणी पोखरी) ११ वर्ष ९ महीना २३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६२ पुसमा २० वर्ष कैद हुने ठहर । तर, ८ वर्ष २ महीना जेल बसेर २०७३ असोजमा खोटाङ कारागारबाट रिहा ।  

२६. रमेशकुमार श्रेष्ठ : (दियाले–३ ओखलढुंगा) ११ वर्ष १० महीना १५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ मंसीरमा २० वर्ष कैद गर्ने फैसला । तर ८ वर्ष १ महीना जेल बसेर रिहा ।  

२७. मोहन तिम्सिना : (तोपगाछी–२ झापा) ११ वर्ष ११ महीना २३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा मोरङ जिल्ला अदालतले २० वर्ष कैद सजाय गरेको । २०६५ भदौमा कैद परेका तिम्सिना २०७३ असोजमा रिहा । 

२८. जगदीशप्रसाद भगत : (रामपुर जमुना–९ सप्तरी) १० वर्ष ८ महीना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ चैतमा सप्तरी जिल्ला अदालतले २० वर्ष कैद तोकेको, २०८४ सालमा छुट्नुपर्ने २०७३ मै रिहा ।

२९. बमबहादुर भन्ने रामनारायण साह : (ठेलिया–३ सप्तरी) ११ वर्ष २ महीना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७१ असारमा सप्तरी जिल्ला अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०६४ मंसीरमा जेल परेका साह ३०७३ मै छुटे ।

३०. किशोर भन्ने रामकिशोर मुखिया : (धनुषा सिंग्याही मडान–८) ११ वर्ष ९ महीना बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६७ वैशाखमा पुनरावेदन अदालत जनकपुरले २० वर्ष कैद गर्ने फैसला गरेको । २०६५ मा जेल परेका मुखिया २०७३ असोजमै छुटे ।  

Cemtrel Jail-min

केन्द्रीय कारागार परिसर, सुन्धारा 

३१.तेन्जिङ शेर्पा : (संखुवासभा मकालु–९) ११ वर्ष ८ महीना १७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको ।  तर शेर्पा २०७३ असोजमा रामेछापबाट छुटे । 

३२. ढकने सार्की : (ओखलढुंगा गाविस–९) ११ वर्ष ९ महीना ५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६८ मंसीरमा पुनरावेदन अदालत राजविराजले २० वर्ष कैद गर्ने फैसला गरेको तर उनी २०७३ असोजमा रामेछापबाट रिहा ।  

३३. शिवबहादुर भन्ने शिवकुमार वाईवा : (मकवानपुर निबुवाटार उर्लेनी–४) ११ वर्ष १० महीना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर २०७३ असोजमा रामेछापबाट रिहा । 

३४. गंगाबहादुर सुनुवार : (ओखलढुंगा दोलु–५) ११ वर्ष १० महीना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर २०७३ असोजमा रिहा ।  

३५.दलबहादुर भन्ने अजय तामाङ : (भक्तपुर सिपाडोल–४ नैचल) ११ वर्ष ११ महीना २९ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा । 

३६. पूर्णबहादुर तामाङ : (भक्तपुर सिपाडोल–४) ११ वर्ष ११ महीना २४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा । 

३७. अर्जुन सुनुवार : (रामेछाप दुरागाउँ–१) ११ वर्ष १० महीना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा । 

३८. सिङ्गी तामाङ : (सिन्धुपाल्चोक भोताङ्ग–२) १० वर्ष ६ महीना ५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६८ भदौमा सर्वोच्च अदालतले २० वर्ष कैद हुने फैसला गरेको । २०७३ असोजमा जगन्नाथ देवलबाट रिहा) 

३९. दिलीप पुलामी मगर : (काठमाडौं–१६) ११ वर्ष ११ महीना १८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको, २०७३ पुसमा रिहा ।  

४०. सुमन पन्त : (नुवाकोट थानसिं–२, हाल काठमाडौं–१६) ११ वर्ष ११ महीना १८ दिन बाँकी छँदै रिहा । २०६९ पुसमा सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको, २०७३ असोजमा रिहा ।  

४१. शर्मिला पौडेल भन्ने शर्मिला विक : (बाँके खासखुस्मा–६) ११ वर्ष ९ महीना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोज ३ गते जगन्नाथ देवलबाट रिहा । 

४२. रविन श्रेष्ठ : (दोलखा भुषाफेदी–८) ११ वर्ष ११ महीना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ वैशाखमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा डिल्लीबजार कारागारबाट रिहा । 

४३. अनुप सुनुवार : (जिल्ला नखुलेको) ११ वर्ष १० महीना २ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७० फागुनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खुजेलबाट रिहा । 

४४. रामबहादुर तमाङ : (जिल्ला नखुुलेको) ११ वर्ष ८ महीना १७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७२ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा । 

४५. शिवबहादुर अच्छामी : (जिल्ला नखुलेको) ११ वर्ष १० महीना ३ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७३ असारमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । २०७३ असोजमा रिहा । 

४६. भैरुङ्ग भन्ने सुमन तामाङ :  (जिल्ला नखुलेको) ११ वर्ष १० महीना १८ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ पुसमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । ८ वर्ष बसेर नख्खु जेलबाट रिहा ।  

४७. कालु तामाङ : (जिल्ला नखुलेको) ११ वर्ष ९ महीना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ साउनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा नख्खु जेलबाट रिहा । 

४८. मन्दिप पाण्डे : (जिल्ला नखुलेको) ११ वर्ष २ महीना २५ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० वैशाखमा २० वर्ष कैद तोकेको । तर २०७३ असोजमा रिहा ।  

४९. सरोज ब्लोन : (जिल्ला नखुलेको) ११ वर्ष २ महीना २५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० वैशाखमा २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा । 

५०. शंकर भन्ने रामबहादुर घर्ती : (पाल्पा) १० वर्ष ६ महीना २२ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६४ असारमा जिल्ला अदालत पाल्पाले २० वर्ष कैद तोकेको । २०७३ असोजमा नख्खु जेलबाट रिहा । 

५१. एल.बी भन्ने लालबहादुर गुरुङ : (जिल्ला नखुलेको) ११ वर्ष, ९ महीना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद ठहर भएका गुरुङ २०८५ सालमा छुट्नुपर्ने । तर २०७३ असोजमा नख्खु जेलबाट रिहा ।  

५२. रविन दास भन्ने रवीन्द्र दास : (महोत्तरी) ११ वर्ष ९ महीना ४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनले २०६८ मंसीरमा २० वर्ष कैद गरेको ८ वर्षपछि पर्साबाट रिहा । 

५३. अनिल थापा : (रामेछाप) ११ वर्ष १० महीना २ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० फागुनमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा ।  

५४. पदमबहादुर राई : (इलाम) ११ वर्ष १ महीना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा ।  

५५. श्यामबाबु महतो : (पर्सा) ११ वर्ष १० दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०६९ असोजमा सर्वोच्च अदालतले २१ वर्ष कैद गर्ने फैसला गरेको । तर, २०६२ चैतमा जेल परेर १० वर्षपछि पर्साबाट रिहा । 

५६. सुनिता घिसिङ : (मकवानपुर) ११ वर्ष ११ महीना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ चैतमा २० वर्ष कैद तोकेको, तर ८ वर्ष जेल बसेर २०७३ असोजमा रिहा । 

५७. कल्पनादेवी राय : (सर्लाही) १० वर्ष ७ महीना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ९ वर्ष जेल बसेर २०७३ असोजमा रिहा । 

५८. भोला सहनी भन्ने मिश्री सहनी : (बारा) ११ वर्ष १० महीना १३ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६९ माघमा पुनरावेदन अदालतले २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा जेलबाट रिहा ।

५९. जितेन्द्र महतो कोइरी : (पर्सा) ११ वर्ष २ महीना १५ दिन बाँकी छँदै रिहा । पुनरावेदन अदालतबाट २०६९ माघमा २० वर्ष कैद हुने फैसला । तर २०७३ असोजमा रिहा ।  

६०. तपसी महतो : (कहार बारा) ११ वर्ष १ महीना २६ दिन बाँकी छँदै रिहा । २०६७ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा । 

६१. राजदेव महतो : (धानुक, बारा) ११ वर्ष ३ महीना २१ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७१ वैशाखमा सर्वोच्च अदालतले २१ वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्साबाट रिहा । 

६२. रफिक अन्सारी : (भारत) ११ वर्ष ९ महीना १९ दिन बाँकी छँदै रिहा । विष खुवाई ज्यान मारेको अभियोगमा २०७१ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा । 

६३. जिता चौधरी : (बारा) ११ वर्ष ११ महीना ८ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा बारा जिल्ला अदालतले २०६६ असारमा २० वर्ष कैद तोकेको । २०८५ सालमा रिहा हुनुपर्नेमा ८ वर्ष जेल बसेर पर्साबाट २०७३ असोजमा रिहा ।

६४. रत्नबहादुर थिङ : (मकवानपुर) १३ वर्ष ७ महीना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका गरी ज्यान लिएको मुद्दामा २०६८ माघमा सर्वोच्च अदालतले २४ वर्ष कैद तोकेकोमा १० वर्ष बसेर २०७३ असोजमा पर्सा कारागारबाट रिहा । 

६५. झलकमान भन्ने उत्तरकुमार थिङ : (ठेगाना नखुलेको) १३ वर्ष ७ महीना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका ज्यान मुद्दामा २०६८ माघमा सर्वोच्च अदालतले २४ वर्ष कैद तोकेकोमा १० वर्ष जेल बसेर पर्सा कारागारबाट रिहा । 

६६. बलबहादुर दोङ : (निबुवाटार–५ मकवानपुर) ११ वर्ष १० महीना १० दिन बाँकी छँदै रिहा । ज्यान मारेको अभियोगमा मकवानपुर जिल्ला अदालतले २०६६ कात्तिकमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा भीमफेदी कारागारबाट रिहा । 

६७. रामएकवाल महतो : (पर्सा वसडिलवा–५) ११ वर्ष ६ महीना २० दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७३ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर रौतहट कारागारबाट रिहा । 

६८. पुष्पराज पुर्जा : (शक्तिखोर–७ चितवन) ११ वर्ष ११ महीना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०६७ चैतमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला तर ८ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा । 

६९. फुर्वा शेर्पा : (घोर्थली–२ सिन्धुपाल्चोक)  १० वर्ष ८ महीना १९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा २०७२ मंसीरमा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ९ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा ।

७०. मिलन भन्ने लालबहादुर बिक : (पीपलडाँडा–३ पाल्पा) ११ वर्ष ७ महीना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ असोजमा २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर कास्की कारागारबाट रिहा ।

७१. प्रेमबहादुर परियार : (पोखरी भ¥याङ–५ तनहुँ) ११ वर्ष ९ महीना १४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७२ माघमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर रिहा ।  

७२. फुच्चे भन्ने रमेश नाउँ : (भगवानपुर–३ रुपन्देही) ११ वर्ष ९ महीना ७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत बुटवलले २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर रूपन्देही कारागारबाट रिहा । 

७३. निर्मल पौडेल :  (खुर्कोट–२ पर्वत) १० वर्ष १ महीना २० दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ९ वर्ष १० महीना बसेर पाल्पा कारागारबाट रिहा । 

७४. संगीता रैदास :  (सोराहा–४ कपिलवस्तु) १२ वर्ष बाँकी छँदै रिहा । ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर पाल्पा कारागारबाट रिहा । 

७५. अन्तिम गिरी भन्ने टीकाराम दर्जी : (राखु भगवती–४ म्याग्दी) ११ वर्ष ९ महीना २९ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतले २०६८ फागुनमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर म्याग्दी कारागारबाट रिहा ।

७६. मोतिलाल बिक : (निसी–७ बाग्लुङ) ११ वर्ष ११ महीना २ दिन बाँकी छँदै रिहा । २०७२ फागुनमा ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा बाग्लुङ कारागारबाट रिहा ।

७७. दीपक धिताल : (डाँडागाउँ–८ सल्यान) ११ वर्ष ८ महीना २७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा २०७० साल माघमा सर्वोच्च अदालतले २० वर्ष कैद तोकेको तर ८ वर्षपछि तुलसीपुर कारागारबाट रिहा । 

७८. तारा भन्ने नारायण वली : (दाङ) ११ वर्ष ७ महीना ७ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६२ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०७३ असोजमा तुलसीपुर कारागारबाट रिहा । 

७९. झकवीर पुन : (डाँडागाउँ–९ रुकुम) ११ वर्ष ८ महीना २४ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६७ साउनमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर तुलसीपुर कारागारबाट रिहा । 

८०. अनु भन्ने भीमबहादुर थापा : (पोखरा उ.म.न.पा–९ कास्की) ११ वर्ष, ११ महीना ६ दिन बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७२ असारमा २० वर्ष कैद गर्ने फैसला गरेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा तुलसीपुर कारागारबाट रिहा । 

८१. कुमार चपाईं :  (दशरथपुर–५ सुर्खेत) ११ वर्ष ४ महीना १४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत सुर्खेतबाट २०६७ सालमा २० वर्ष  कैद हुने फैसला भएको । तर, ८ वर्ष जेल बसेर २०७३ असोजमा बर्दिया कारागारबाट रिहा । 

८२. छविलाल चमार : (सिद्धार्थनगर हरिजन, भारत) ११ वर्ष ८ महीना २९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७३ जेठमा २० वर्ष कैद तोकेको । तर, ८ वर्ष जेल बसेर बर्दिया कारागारबाट रिहा । 

८३. मन्दिरादेवी विष्ट : (बेलापुर–८ डडेलधुरा) ११ वर्ष ५ महीना २७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६९ फागुनमा २० वर्ष कैद तोकेको तर ८ वर्ष जेल बसेर २०७३ असोजमा कैलाली कारागारबाट रिहा । 

८४. मदनराज भट्ट : (छतिवन–४ डोटी) ११ वर्ष ३ महीना २५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ पुसमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्षपछि २०७३ असोजमा कैलाली कारागारबाट रिहा । 

८५. असिना भन्ने जयलाल बुढा : (मालिकाठाटा–६, जुम्ला) ११ वर्ष ९ महीना ६ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७१ चैतमा २० वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर २०७३ असोजमा कैलाली कारागारबाट रिहा ।  

८६. मन्तु भन्ने मन्तादेवी धामी : (अछाम) ११ वर्ष १० महीना १७ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा अछाम जिल्ला अदालतबाट २० वर्ष कैद हुने फैसला । २०६५ मा जेल परेका धामी ८ वर्षपछि २०७३ असोजमा अछाम कारागारबाट रिहा । 

८७. काजीमान लिम्बू : (७९ वर्ष, लिङ्खिम–३ ताप्लेजुङ) १४ वर्ष ११ महीना २४ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गरे पनि ज्येष्ठ नागरिक भनेर ५ वर्षपछि ताप्लेजुङ कारागारबाट रिहा ।  

८८. झिनक मलाहा :  (७३ वर्ष, सिंहखोर–६ कपिलवस्तु) ११ वर्ष ४ महीना बाँकी छँदै रिहा । ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद गर्ने फैसला गरे पनि ज्येष्ठ नागरिक भएको भनेर ८ वर्ष जेल बसेपछि २०७३ असोजमा रिहा ।

८९. भैरे कामी : (७८ वर्ष, अछाम) १३ वर्ष १ महीना ६ दिन बाँकी छँदै रिहा । सर्वोच्च अदालतले ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने फैसला गरेको तर ६ वर्ष १० महीना जेल बसेपछि ज्येष्ठ नागरिक भनेर रिहा ।  

९०. दलबहादुर घर्ती :  (सिलुङ–३ स्याङ्जा) ९ वर्ष ७ महीना बाँकी छँदै रिहा । सर्वोच्च अदालतले २०६४ साउनमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद हुने फैसला गरेको । तर ११ वर्ष जेल बसेर २०७३ असोजमा रिहा ।  

९१. आसधन राई : (पाथेका–६ खोटाङ) ९ वर्ष १५ महीना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले १८ वर्ष कैद गर्ने फैसला गरेको । तर ८ वर्ष जेल बसेर खोटाङ कारागारबाट २०७३ असोजमा रिहा ।  

९२. किशोर भन्ने प्रकाश राई : (पाथेका–६ खोटाङ) ९ वर्ष ३ महीना बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको । तर  ८ वर्ष जेल बसेर खोटाङ कारागारबाट रिहा । 

९३. विनोद रौनियार : (पकली–३ सुनसरी) ९ वर्ष १० महीना १२ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २०६८ असारमा २० वर्ष कैद सजाय सुनाएको । १० वर्ष जेल बसेर सप्तरी कारागारबाट २०७३ असोजमा रिहा ।  

९४. प्रभु थारू : (बर्दिया मोतिपुर–५) ९ वर्ष ११ महीना २ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत नेपालगञ्जले २०६७ असारमा २० वर्ष कैद सजाय हुने फैसला गरेको । तर जगन्नाथ देवल कारागारबाट २०७३ असोजमा रिहा ।  

९५. सुजन तामाङ : (थानकोट–१) ९ वर्ष ६ महीना २९ दिन बाँकी छँदै रिहा । डाँका मुद्दामा पुनरावदेन अदालत पाटनले १६ वर्ष कैद सजाय हुने फैसला गरेको । ७ वर्ष जेल बसेर कारागार शाखा डिल्लीबजारबाट रिहा । 

९६. भीमसेन कँडेल : (ठेगाना नखुलेको) ९ वर्ष १० महीना १९ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट २० वर्ष कैद हुने फैसला भएको । तर १० वर्ष जेल बसेपछि नख्खु कारागारबाट २०७३ असोजमा रिहा ।

९७. धनबहादुर थिङ : (मकवानपुर) ९ वर्ष ७ महीना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका र कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०६८ मंसीरमा २० वर्ष कैद हुने फैसला । २०६३ वैशाखमा जेल परेका थिङ १० वर्षपछि पर्सा कारागारबाट रिहा । 

९८. टलकबहादुर भोम्जन : (मकवानपुर) ९ वर्ष ७ महीना २८ दिन बाँकी छँदै रिहा । खुनडाँका र कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०६८ मंसीरमा २० वर्ष कैद गर्ने फैसला गरेको । २०६३ वैशाखमा जेल परेका भोम्जन १० वर्षपछि २०७३ असोजमा पर्साबाट रिहा । 

९९. चक्र विष्ट :  (ठेगाना नखुलेको)–९ वर्ष ७ महीना २८ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय भएको । २०६३ मा जेल परेका बिष्ट १० वर्ष ४ महीनापछि डडेल्धुरा कारागारबाट रिहा ।

१००. घनश्याम जोशी (ठेगाना नखुलेको) ९ वर्ष १ महीना ५ दिन बाँकी छँदै रिहा । कर्तव्य ज्यान मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०६३ मंसीरमा २० वर्ष कैद गर्ने फैसला गरेको । १० वर्ष जेल बसेर २०७३ असोजमा कञ्चनपुर कारागारबाट रिहा ।  

१०१. निमा लामा : (तिब्बतियन) ९ वर्ष १ महीना बाँकी छँदै रिहा । पुनरावेदन अदालत हेटौंडाले २०७१ मंसीरमा १५ वर्ष कैद गर्ने फैसला गरेको । गैंडाको खाग बिक्रीमा संलग्न निमा ५ वर्ष ११ महीनापछि नख्खु कारागारबाट रिहा ।